अस्वभाविक क्रियाकलाप हेर्नेको भीड

पिपुल्स टाइम्स समाचार
उर्लाबारी, चैत्र ३/मोरङको इटहरा–७ को सिकिमे टोलका मनमाया बस्नेतको घरमा अस्वभाविक क्रियाकलाप देखिएपछि  अहिले हेर्नेको मानिसहरुको  घुँइचो लागेको छ । सो घरलाई प्रहरीले घेरा हालेर सुरक्षा दिएको छ ।
बस्नेतको घरमा तीन दिनअघि खोले पकाउदै गर्दा एक्कासी भाडो घोप्टिएपछि अकस्मात अनौठा गतिविधिहरु हुन थालेका स्थानीयबासी बताउँछन् । बस्नेतका नातेदार स्थानीय ध्रुव सिलवालले बारम्बार खाट, दराज लडाउने, कपडा तथा थालबटुका पल्टने, झर्ने, घरको छानोबाट धुवाको मुस्लो निस्किने जस्ता अनौठा गतिविधि दोहोरिएको बताए । उनले बस्नेतको घरभित्र प्रवेश गर्नासाथ धेरैजसो पुरुषका पेन्ट आफै तानिने, महिलाका केस तानिने जस्ता अस्वभाविक क्रियाकलाप भएको समेत बताए ।
 बस्नेतको घर सुरक्षार्थ खटिएका प्रहरी ।

अस्वभाविक क्रियाकलापहरु हुन थालेपछि सो ठाउँमा स्थानीय र झापा, मोरङका मानिसहरुको भीड लागेको स्थानीय नवीन अर्यालले बताए । उनका अनुसार बस्नेत परिवारले त्यस्तै किसीमको गतिविधि गत साउन ४ गते यता घरमा फाट्ट फुट्ट हुदै आएको बताएको जनाएका छन् । ‘सुरुमा ढुङ्गा हान्ने गरेको र चोर हो की भनेर केही दिन निगरानी गरेपनि केही तथ्य फेला परेन तर ३ दिन यता भने अनौठो दुष्य देखिन थालेपछि आश्चर्यचकित भएकी छु’ मनमाया बस्नेतले भनिन् ।
दुर्गा माबिका शिक्षक धुव्रप्रसाद शिलवालले सो घटनाले आफू आश्चर्यमा परेको बताए । अनौठा घटना बारम्बार दोहोरिएपछि बस्नेत परिवार घर छाडेर आफन्तको घरमा बस्न थालेका छन् । मनमायासहित पाँचजनाको परिवार  सोही ठाउँका  नातेदार ध्रुव शिलवालको घरमा बस्दै आएका बताइएको छ । इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी सहायक निरीक्षक सूर्य खड्काले मानिसहरुको भीडभाडका कारण बस्नेतको घर सुरक्षा घेरामा राखिएको बताए ।

0 प्रतिकृया:

Post a Comment