मोर्चाको बन्द प्रतिकारमा लिम्बुवान

धरान, चैत्र ३/संघीयताको विरोध गर्दै राष्ट्रिय जनमोर्चाले मेची–कोशी बन्द आव्हान गरेपछि लिम्बुवानजन्य संगठनहरुले संयुक्त प्रतिकार गर्दै बिहीबार मोर्चाका अध्यक्ष चित्रबहादुर केसीको पूत्ला जलाएका छन् । संघीय लिम्बुवानवादी संगठनका कार्यकर्ताले बन्दको प्रतिकारमा उत्रेको जनाउँदै धरानमा बजार, यातायात खुला गरेका थिए ।
 बन्द प्रतिकारमा बिहीबार दमकमा आयोजित कोणसभा

मोर्चाका केही कार्यकर्ताले धरानमा बिहान बजार, यातायात, शैक्षिक संस्था र उद्योग कारखाना बन्द गर्न उर्र्दी जारी गरेपनि कुमार लिङ्देनले नेतृत्व गरेको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् र संजुहाङ पालुङ्वाले नेतृत्व गरेको लिम्बुवान राज्य परिषद्ले बन्दको प्रतिकारमा उत्रिएर  माइकिङ गरेको थियो ।
मोर्चाले संघीयताको निर्णय खारेजीको माग गर्दै आन्दोलन गर्दै आएको छ । तर, पूर्वका संघीयावादी संगठनहरुले मोर्चाको मागलाई पूरा हुन नदिने भन्दै प्रतिकारमा उत्रिएका हुन् ।
यसैबीच मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्ले कसैले संघीयता बिरोधी कार्यगरे त्यसको प्रतिरोध गर्ने चेतावनी दिएको छ ।
परिषद्ले बिहीबार दमकमा कोण सभाका बक्ताले संघीयता स्थापनाका लागि सबै प्रकारका संघर्ष जारी राखिने बताए । कोणसभामा परिषद्का सचिवालय सदस्य प्रेमदीप थाम्सुहाङ्, धिमाल स्वायत्त परिषद्का
महासचिव केदार धिमाल, लिम्बूवान राज्य परिषद्का दमक नगर सह–सचिव सोमनाथ ढुङ्गाना, संघीय युवा मञ्चका क्षेत्रीय अध्यक्ष देवु गड्तौला लगायतले बोलेका थिए ।

0 प्रतिकृया:

Post a Comment