भूमिगत संगठनका ४९ जना पक्राउ

विष्णु पौडेल
पूर्वमा प्रहरीको विशेष सकृयता
दमक÷ भूमिगत रुपमा सशस्त्र गतिविधि गर्दै चन्दा आतंक अपहरण हत्या र बम विस्फोटका घट्ना गराउन सकि्रय संगठनहरुका ४९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको विशेष टोलीले पछिल्लो ६ महिनामा हात हतियार सहित विभिन्न जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको हो । कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक दिपेन्द्र पोखरेलका अनुसार पक्राउ पर्नेहरुमा सबैभन्दा बढी खम्बुवान मुक्ती मोर्चा संयुक्त का ११ जना रहेका छन् ।
त्यस्तै अखिल तराई मधेस मुक्ती मोर्चा गोईत समुहका १० लोकतान्त्रीक तराई मधेस मुक्ती पार्टी भगतिसंह का ७ जना जनतान्त्रिक तराई मुक्ती मोर्चा राजन समुह का ६ जना संयुक्त जातीय मुक्ती मोर्चा नेपालका ६ किरात जनवादी वर्कसा पार्टीका ५ र जनतान्त्रिक तराई मुक्ती मोर्चाका ४ जना कार्यकर्ता पक्राउ परेका छन् ।
उनीहरुबाट विभिन्न किसिमका ४८ वटा हातहतियार समेत बरामद भएको जनाईएको छ । त्यस्तै बन्दुक तथा पेस्तोलका १ सय ५ वटा गोली ८ वटा कुकर बम ८ वटा सकेट बम एउटा बट्टा बम १ सय ९६ वटा जिलेटिन लोला १ सय ४२ वटा डेटोनेटर र २ केजी बारुद्ध समेत बरामद गरिएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
गत साउन देखि हालसम्म झापा मोरङ सुनसरी सिराहा सप्तरी लगायतका जिल्लाहरुका ८ स्थानमा विस्फोटका घट्ना भएका १८ ठाउँमा राखिएका बम तथा विस्फोटक पदार्थ ूडिस्पोजू गरिएका जनाइएको छ ।
सफलता पाएका छौं
पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआइजी सुरेन्द्रबहादुर शाहले भूमिगत संगठनहरुका गतिविधि निस्तेज बनाउन प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विशेष टोली परिचालन भएको जानकारी दिए । टोलीमा रहने अन्य स्तरका सुरक्षाकर्मीहरुको संख्या भने आवश्यकता अनुसार घटबढ भइरहने उनले बताए । ु२ सय जनाको हाराहारीमा टोली कि्रयाशील छु डिआइजी शाहले भने - ुभूमिगत शैलीमा आपराधिक गतिविधि गर्ने समुहका विरुद्ध विशेष अभियान नै छ ।ु डिआइजी शाहले पछिल्लो समय पूर्वााचलमा प्रहरीले शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन गरिएको प्रयास सफल भएको समेत दावी गरे ।
ईलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख प्रहरी निरीक्षक मिलन भट्टराईले बम बिस्फोट गराउने र चन्दा आतंक मच्चाउने भूमिगत समुहका ५ जना कार्यकर्ता दमकबाट मात्रै पक्राउ गर्न प्रहरी सफल भएको बताए । उनले मोर्चाका जिल्ला ईाचार्ज शिवनारायण यादवका सबै भन्दा निकटस्थ सहयोगीहरु दमकबाटै पक्राउ परी सकेका कारण यादवलाई समेत पक्राउ गर्न सफलताको नजिक पुगिएको बताएका छन् । दमक र भारत दुवै ठाउँमा बसोबास गर्ने गरेका यादव प्रहरीले खोजी तिब्र पारेपछि यतिबेला भारतको विहार तर्फ फरार रहेका स्रोतले जनाएको छ । उनी ३ दिन अघि मात्रै त्यसतर्फ गएका बताइएको छ । निरिक्षक भट्टराईले नेपाल भारत बीचको खुल्ला सिमाना सांस्कृतिक तथा पारिवारीक मेलमिलाप आदिका कारण एक देशमा अपराध गरी अपराधिहरु अर्काे देशमा लुकिछिपी बस्ने गरेको पाइएको बताए । उनले राष्ट्रिय समस्याका रुपमा रहेको यस विषयलाई लिएर बेलाबेला बस्ने दुई देशीय सिमा सुरक्षा वैठकमा समेत कुरा उठ्ने गरेको स्मरण गरे ।
लागू औषधसहित ५ पक्राउ

यसैबीच सुनसरीको भासी-३ बाट प्रहरीले कोरेक्स नामक लागू पदार्थ र गाँजा सहित ५ जनालाई बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा डुमराह-३ का दिपक सुनुवार इटहरी-४ का फडिन्द्र कोइराला भासी-५ का रमेश राई भरौल-३ का बाबुराम भट्टराई र सोही ठाउँका अर्जुन राई रहेका छन् । उनीहरुर्ला ईलाका प्रहरी कार्यालय पकलीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको सुनसरी प्रहरीले जनाएका छ ।

0 प्रतिकृया:

Post a Comment