युनियनको अन्तरसम्वाद

दमक÷ नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था प्रेस युनियन झापा शाखाले बिहिबार झापाको दमकमा अन्तर-सम्बाद कार्यक्रम सम्पन्न गरेको छ ।
कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रमका बीच नेपाली कांग्रेसका महासमिति सदस्य सुरेश सुब्बा प्रेस युनियनका केन्द्रीय सदस्य कृष्ण हुमागाँई पूर्व जिल्ला अध्यक्ष गोविन्दचन्द क्षेत्री पार्टीका क्षेत्रीय सभापति शेरबहादुर भट्टराई नगर सभापति ढुण्डीराज भट्टराई जिल्ला सदस्य टिका सापकोटा तरुण दल झापाका अध्यक्ष भूमिराज राई नेपाल महिला संघकी नगर अध्यक्ष लता चापागाँई लगायतले बोलेका थिए ।
यसैबीच कार्यक्रमका अवसरमा प्रेस युनियन र नेपाली कांग्रेस बीच समन्वय गरेर पार्टीका गतिविधि जनता सम्म पुर् याउन आवश्यक रहेको चर्चा गरिएको थियो । नेपाल किसान संघ दमक नगर अध्यक्ष भानु सुवेदीले युनियनको दमक सम्पर्क कार्यालय स्थापना गर्न दमक-१० स्थित आफ्नो घरको एउटा कोठा निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा कांग्रेस सम्बद्ध कार्यकर्ता विभिन्न भातृ संस्थाका कार्यकर्ता लगायत युनियनमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।
युनियनका झापा अध्यक्ष भीम नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको साचालन पार्षद् कुमार लुइटेलले गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment