आक्रमणमा घाइते

दमक, फागुन २६/बिहीबार दिउँसो दमक–१६ स्थित टुकुरे बस्तीमा एक समूहले आक्रमण गरी स्थानीय लालबहादुर धिमाललाई घाइते बनाएको छ ।
स्थानीय कृष्ण नि.मा.वि.का प्रधानाध्यापक कृष्ण धिमालका अनुसार अन्दाजी साढे तीन बजे होली खेल्दै आएका अपरिचित युवाहरुको आक्रमणमा उनी घाइते भएका हुन् ।
घाइतेको शरीरमा खुकुरीको चोट लागेको
र टाउकोमा चिरपटले हानेको चोट देखिएको धिमालले बताए ।  घाइतेको दमकस्थित क्यु एण्ड क्यु हस्पिटलमा उपचार भइरहेको जनाइएको छ ।
घटनामा संलग्न रहेको आशंकामा ७ जनालाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको भए पनि उनीहरुकोबारेमा थप खुलाइएको छैन । घटनाबारे अनुसन्धान भइरहेकाले अनुसन्धान पश्चात मात्रै विस्तृत जानकारी बाहिर आउने प्रहरीले जनाएको छ । स्थानीय माधव ढकालले सो घटनापछि गाउँमा सर्वसाधारण आतंकित भएका बताएका छन् । उनले बिहीबार राति अबेरसम्म गाउँको सुरक्षा कसरी गर्ने भन्ने बिषयमा छलफल चलिरहेको छ ।

0 प्रतिकृया:

Post a Comment