कांग्रेसद्वारा अग्रज सम्मानित


दमक२५ मंशिर ÷ दमक-२ मा नेपाली कांग्रेसले शनिबार पार्टीका अग्रजहरुलाई सम्मान गरेको छ ।
वडा सभापति रोशन बिष्टको सभापतित्वमा भएको कार्यक्रममा लामो समयदेखि पार्टीमा योगदान पुर् याउने १५ जनालाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा महेशकुमारी कार्की डिल्लीराम थापा हरीलाल धिमाल छायाँदेवी बिष्ट अलनावती राजवंशी रामबहादुर अधिकारी डम्बरकुमारी घिमिरे खगेन्द्र श्रेष्ठ नरबहादुर थापा नैनकला बुढाथोकी धनपति पोखरेल रंगबहादुर दाहाल राधिका थापा हस्तबहादुर बुढाथोकी र कुलबहादुर साउदेन रहेका छन् ।
उनीहरुलाई दोसल्ला तथा टोपी र सम्मान पत्रले सम्मान गरिएको हो । पार्टीका क्षेत्रीय सभापति शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर सभापति ढुण्डिराज भण्डारीले पार्टीले नगरमा गरेका विभिन्न गतिविधि बारे जानकारी गराएका थिए ।
२७ जनालाई कि्रयाशील सदस्यता वितरण गरिएको कार्यक्रममा पूर्व नगर सभापति पदम कोईराला नेपाल शिक्षक संघका जिल्ला सचिव प्रकाश भण्डारी पार्टीकी नगर सदस्य गोमा प्रसाईबुढाथोकी भुपेन्द्र थापा नेपाल महिला संघकी वडा सभापति धु्रुवदेवी ति_िम्सना पूर्व वडाध्यक्ष पूर्णबहादुर बिष्ट पूर्व वडा सभापति अगमप्रसाद आङ्देम्बे राजवंशी समाजका नगर अध्यक्ष भरुवा राजवंशी पार्टीका क्षेत्रीय प्रतिनिधि श्याम आचार्य पार्टीका वडा नम्बर १० का सभापति दूर्गा कँडेल लगायतले बोलेका थिए । कार्यक्रममा पुष्प ति_िम्सनाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको साचालन वडा सचिव दूर्गाप्रसाद गुरागाँईले गरेका थिए ।
यस्तै वडा नम्बर-१० मा समेत २ जना अगुवा कार्यकर्ता सम्मानित भएका छन् । शनिबार वडा सभापति दूर्गा कँडेलको सभापतित्वमा भएको कार्यक्रममा गोविन्द मिश्र र लिलानाथ बास्तोलालाई सम्मान गरिएको हो । कार्यक्रममा १ सय ३१ जनालाई कि्रयाशील सदस्यता वितरण गरिएको वडा सह-सचिव रमेश कार्कीले बताए ।

0 प्रतिकृया:

Post a Comment