साचार क्लवको नयाँ नेतृत्व


उर्लाबारी २५ मंशिर ÷ उर्लाबारीस्थित साचार क्लव नेपालको छैटौं अधिवेशनले रुपेन्द्र शेर्माको अध्यक्षतामा ७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।
नेपाल पत्रकार महासंघका पूर्वााचल संंयोजक मोहन काजीको प्रमुख आतिथ्यतामा शनिबार भएको छैठौं अधिवेशनले क्लवको नयाँ नेतृत्व चयन गरेको हो ।
समितिको उपाध्यक्ष मिलन के राउत महासचिव लोकबहादुर चौहान सचिव नरेन्द्र बस्नेत र कोषाध्यक्ष सरोज बस्नेत चयन भएका छन् । त्यस्तै गरी सदस्यहरुमा पुण्य पि अधिकारी र दिनेश गिरी रहेका छन् ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय पार्षद् भूपेन्द्र ति_िम्सना नेपाली कांग्रसका उर्लाबारी नगर सभापति वीरबल थापा एकीकृत माओवादीका उर्लाबारी इन्चार्ज प्रेम घिमिरे इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुनिल दाहाल लगायतले प्रेश स्वतन्त्रता बिना लोकतन्त्र बलियो हुन नसक्ने बताएका थिए ।
कार्यक्रमा क्लवलाई स्थापना कालदेखि नै सहयोग पुर् याउने सामाजिक अगुवा महेन्द्रजंग तामाङलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम क्लवका अध्यक्ष घनश्याम भण्डारीको सभापतित्वमा भएको थियो ।

0 प्रतिकृया:

Post a Comment