शिक्षा नीति परिवर्तन भएनु


१७ मंशिर
दमक÷ नेकपाका पोलिटव्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले देशमा बिभिन्न राजनीतिक व्यवस्था परिवर्तन भए पनि शिक्षा नीतिमा परिवर्तन हुन नसकेको बताएका छन् ।
शनिबार झापाको दमकका भएको शिक्षक सम्मान तथा अन्तरकि्रया कार्यक्रममा प्रमुख अतिथी रहेका पाण्डेले संविधान तथा राज्यका सम्पूर्ण संरचनाहरु नयाँ बन्ने क्रममा रहेका बेला शिक्षा नीति समेत नयाँ ल्याईन आवश्यक रहेको बताए । सो क्रममा उनले शिक्षा क्षेत्रलेनैं द्वन्द्व र शान्तिको महत्व बुझाउन सक्ने भएकाले शिक्षकहरु शिक्षकहरु शान्ति प्रकृयाका सारथी भएको बताए । ।
नेकपा एमाले क्षेत्र नम्बर-७ शिक्षक तथा बुद्धिजिवी फाँटले आयोजना गरेको कार्यक्रममा २०६८ साल भित्र सेवा निवृत भएका र हुने शिक्षकहरु कृष्णकुमार राई नयनदिपक खनाल सोमप्रसाद गौतम बासुदेव सापकोटा र रामकुमार पराजुलीलाई सम्मान गरिएको थियो । फाँटका क्षेत्रीय अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रिय अनुसाशन आयोगका सदस्य अर्जुन राईराष्ट्रिय प्रतिनीधि परिषद सदस्य देवेन्द्र दाहाल क्षेत्रीय कमिटी अध्यक्ष राधाकृष्ण खनाल तथा सम्मानित शिक्षकका तर्फबाट कृष्ण राईले मन्तव्य राखेका थिए ।

0 प्रतिकृया:

Post a Comment