प्लाव्सनमा पुनः घिमिरे


१७ मंशिर
बिर्तामोड÷ निजी तथा आवसिय अर्गनाईजेसन-प्याब्सन झापाको आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा नारायण घिमिरे पुनः निर्वाचित भएका छन् ।
शनिवार बिर्तामोडमा भएको ९ औं जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । यसै गरि कोषाध्यक्षमा समेत कोषराज प्याकुरेल निर्बिरोध निर्वाचित भएका छन् । सदस्य बाहेकका अन्य पदमा भने शनिवार राति चुनाव भएको थियो । राती १० बजे सकिएको चुनावी प्रतिष्पर्धाबाट उपाध्यक्षमा अमृत ति_िम्सना र श्रवण पोखरेल सचिवमा मिलनकुमार ढुङ्गाना सहसचिवमा मोहन सुव्बा र भक्त कार्की तथा सहकोषाध्यक्षमा गौरीमान फागो निर्वाचित भएका छन् ।
२ जना उपाध्यक्षमा अमृत ति_िम्सना लक्ष्मण सुवेदी श्रवण पोखरेल र हरी अधिकारी बिच प्रष्पिर्धा भएको छ । यस्तै एक जना सचिव पदमा रुपक गौतम र मिलनकुमार ढुङ्गानाको उमेद्वारी परेको थियो । दुईजना सहसचिवका लागि दिपेन्द्र थापा महेन्द्र प्रसाई मोहन सुव्बा र भक्ति कार्की चुनावी मैदानमा थिए । सहकोषाध्यक्षमा चाँहि गौरीमान फागो र साजीतककुमार प्रधानको प्रतिष्पर्धा रहेको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई शनिवार रातिनैं निर्वाचन समितिका सायोजक गुरुभक्त न्यौपानेले सपथ ग्रहण गराएका थिए । निर्वाचन समितिमा एलडी राई श्याम देवान टंक अधिकारी र अमृत बुढाथोकी सदस्य रहेका थिए ।
जिल्लाका ८ क्षेत्रबाट यस अघिनैं जिल्ला समितिका लागि सदस्यहरु चयन भई सकेका थिए ।
अतिथी सदनमा केन्द्रिय अध्यक्ष राजेश खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बरिष्ठ सल्लाहकार डा।बाबुराम पोखरेल केन्दिय उपाध्यक्ष टीकाराम पूरी लगायतले बोलेका थिए ।

0 प्रतिकृया:

Post a Comment