वाणिज्य संघको नयाँ नेतृत्व

विर्तामोड÷ झापा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन भएको छ ।
संघको बुधबार सम्पन्न २१ औं अधिवेशनबाट विर्तामोडका उमेश डाल्मियाँको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरिएको हो ।
डाल्मियाँले १ सय २३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी संघका निवर्तमान अध्यक्ष राजेन्द्र घिमिरेले ९९ मत पाए । अर्का प्रतिद्वन्दी बुधबारेका गोविन्द पौडेलले १३ मत ल्याएका निर्वाचत समिति संयोजक गणेश पोखरेलले जानकारी दिए ।
त्यसैगरी संघको बरिष्ठ उपाध्यक्ष पदमा नवराज पनेरु १ सय २१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी तोया गड्तौलाले १ सय ९ मत पाएका छन् । त्यस्तै महासचिव पदमा कालिचरण बस्नेत १ सय ७४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी बोधकृष्ण सुवेदीले ५४ मत पाए । वाणिज्य सचिवमा प्रकाश शिवाकोटी विजयी भएका छन् । उनले १ सय ५३ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी पृथ्वीध्वज डाँगीले ७७ मत ल्याएका छन् । त्यसैगरी कोषाध्यक्ष पदमा भाष्कर शर्मा १ सय ३७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी हुलासचन्द्र सरियाले ९२ मत ल्याएका निर्वाचन समिति संयोजक पोखरेलले बताए । यसअघि संघको एशोसिएट र बस्तुगतबाट उपाध्यक्षमा चन्द्रगढीका गोपालबहादुर थापा र उद्योग उपाध्यक्षमा संघको सतासीधाम शाखा अध्यक्ष मोहनप्रसाद सुवेदी निर्विरोध निर्वाचित भइसकेका छन् । त्यसैगरी उद्योग सचिवमा अजयकुमार सायवाल तथा तीन महिला सदस्यमा गौरादहकी लक्ष्मी प्रसाई बाराकोटी भद्रपुरकी लक्ष्मी िसंह र चारआलीकी मिना खड्का समेत निर्विरोध निर्वाचित भएका थिए ।




सबैलाई समेट्छौं 

यसैबीच नव निर्वाचित अध्यक्ष डाल्मियाँले निर्वाचन परिणामलाई आम उद्यमी व्यवसायीहरुको जीत भएको प्रतिकृया िदंदै सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । पिपुल्स टाइम्स दैनिकसँगको संक्षिप्त कुराकानीमा उनले निर्वाचन परिणाम जे जस्तो भएपनि यसमा छु्टेका अगुवा तथा उद्यमी व्यवसायीको हितका लागि योगदान पुर् याएका अग्रजहरुलाई समेत समेटेर अघि बढ्ने बताए । उनले चन्दा हत्या अपहरण जस्ता समस्याबाट अझै उद्यमी व्यवसायी मुक्त हुन नसकेपनि क्रमिक रुपमा देशले कोल्टे फेर्ने समय आएकाले यसको उच्चतम सदुपयोग गर्न नेतृत्व प्रयत्नशिल रहने बताए ।

0 प्रतिकृया:

Post a Comment