नकआउट फुटबल प्रतियोगीता

दमक÷ आगामी पुस १ गतेबाट झापामा पूर्वााचल स्तरिय नकआउट फुटबल प्रतियोगीता हुने भएको छ । 
भूटानी शरणार्थी र स्थानियवासी विचको सम्बन्ध सुदृढ गर्ने उदेश्यले जिल्ला खेलकुद विकास समिति झापा र कारितास नेपालको संयुक्त आयोजनामा साचालन हुने प्रतियोगीतामा पूर्वााचलका १२ वटा टीमको सहभागीता रहने जनाइएको छ । प्रतियोगीता दमकको बेलडाँगी र मेची रङ्शाला चन्द्रगढीमा हुने छ । 
आयोजक जिल्ला खेलकुद विकास समिति झापाले बुधबार दकममा पत्रकार सम्मेलनगरी प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । समितिका अध्यक्ष राजु आचार्य अग्नीले प्रतियोगीताका विजेता टीमलाई नगद एक लाख रुपैया र मेडल तथा उपविजेता टीमलाई नगद ५० हजार रुपैया र मेडल प्रदान गरिने जानकारी दिए । सो प्रतियोगीता साचालका लागी आवश्यक पर्ने अनुमान गरिएको कुल १२ लाख ५० हजार रुपैया मध्ये युएनएचसीआर र कारितास नेपालले ८ लाख ५० हजार रुपैया सहयोग गर्ने आचार्यले जानकारी दिए । अपुग बजेट खेलकुद बिकास समितिले सहयोग संकलन गर्ने जनाइएको छ । प्रतियोगीताको फइनल खेल आगामी पुस १३ गते हुनेछ । 

0 प्रतिकृया:

Post a Comment