जनजीवन क्रमिक रुपमा सामान्य

दमक÷ चारदिन समम लगातार भएको बन्दका कारण अस्तव्यस्त बनेको पूर्वी क्षेत्रको जनजीवन क्रमिक रुपमा सामान्य बनेको छ ।
बन्द आव्हान गरेको संघीय लिम्बुवान राज्य परिसदले बुधवार अपरान्ह ४ बजे बन्द स्थगित गरेको घोषणा गरेपछी जनजीवन सामान्य बनेको हो । परिष्दले बुधबार बसेको केन्द्रीय समितिको बैठकले सरकारबाट वार्ताका लागि भएको आग्रह अनुसार बन्द कार्यक्रम स्थगित गरि पुष -१ गते वार्ताका लागि जाने निर्णय गरेको महासचिव सेसेहाङ खजुमले बताए । बैठकका निर्णय सर्वजनिक गरी बन्द स्थगन गर्ने घोषणा गर्न आयोजीत पत्रकार सम्मेलनमा परिषदका अध्यक्ष साजुहाङ पालुङ्गवाको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली गठन गरिएको समेत जानकारी दिईएको छ । राज्य पुर्नसंरचना आयोगमा प्रतिनिधीत्व गर्न पाउनु पर्ने लगायतका सरकारसँग विगतमा भएका सहमतीहरुको कार्यन्वयन नभएको बिरोधमा परिषदले अरुणपूर्व झापा ईलाम सहित ९ जिल्ला बन्द आहवान गरेको थियो ।

0 प्रतिकृया:

Post a Comment