सामुदायिक बनका अध्यक्ष पक्राउ


उर्लाबारी &#247;मोरङको मधुमल्ला ९ स्थित मनोहर सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष भूपाल श्रेष्ठलाई मंगलबार पक्राउ परेका छन् । उनलाई मंगलबारनै म्याद थप गरी थुनामा राखिएको छ । <br>
बनबाट अबैध रुपमा रुख काटेको अभियोगमा अध्यक्ष श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा म्याद थप गरी थुनामा राखिएको हो । श्रेष्ठ सहित सचिब कृष्ण रिजाल र  सदस्य दिनेश फुयालको नाममा पक्राउ पूर्जी जारी गरेको थियो । जाँते ४ को गौमती खोलाबाट कर्माको ३६ थान गोलिया २६२।३९ र बोर्धनको ६ गान ४४ क्यूबिक फिट बरामद गरी धानखेती रेाज पोष्ट लक्ष्मीझारमा राखिएको इलाका बन कार्यालय उर्लाबारीका प्रमुख यज्ञबहादुर थापाले जानकारी दिए । <br>
श्रेष्ठले भने तस्करीमा सम्लग्न जोकोहीलाई पनि कारवार्ही गरिनु पर्ने तर तस्करीमा आफ्ने संलग्नता नरहेको दावि गरेका छन्

0 प्रतिकृया:

Post a Comment