बिजुलीको तारले समस्या

दमक, ७ साउन/झापाको दमक–५ मा रहेको बेलडाँगी बजारमा लामो समयदेखि बिजुलीको तारको व्यवस्थापन हुन नसकेपछि यातायात आवगमनमा समस्या भएको छ ।
अव्यवस्थित तारले गर्दा सडकमा मालवाहक सवारी साधनहरुलाई आवातजावातमा समस्या भएको छ ।

विद्युत प्राधिकरण दमकमा पटक–पटक जानकारी गराउँदा समेत प्राधिकरणले अटेर गरेका कारण पछिल्लो समय मानिस आवत–जावत गर्दा समेत निहुरिएर हिँड्नु पर्ने अवस्था सृजना भएको बजारका व्यवसायी भीम भट्टराईले बताए ।
समस्या बारे जानकारी गराए पनि प्राधिकरणले अटेर गरेपछि हाल बेलडाँगी बजारको चोकमा हिँड्दासमेत करेन्ट लाग्छ कि भनी डराउनु पर्ने अवस्था सृजना भएको बजार व्यवस्थापन समितिका संयोजक तथा सामुदायिक सञ्जालका अध्यक्ष नैनसिंह भण्डारीले बताए ।
बेलडाँगी बजारको मुख्य चोकबाट पिर्पिरे लाइन जाने अधिकांश बिजुलीका तारहरू अत्याधिक धेरै भएपछि पोल समेत भाँचिइसकेको अवस्था रहेको बजार समितिले जानकारी दिएको छ । तार अव्यवस्थित भएपछि सो क्षेत्रमा हाल ठूला तथा साना सवारी साधन आवतजावतमा समस्या भएको छ ।

0 प्रतिकृया:

Post a Comment