फुर्सदमा उपन्यास लेख्थे

नेपाली साहित्यिक उपन्यासको विधामा लोकप्रिय नाम हो– युवराज बराल । २०५२ सालदेखि उपन्यासमा कलम चलाउने बरालले दुई दर्जन जति उपन्यास बजारमा ल्याइसकेका छन् । दुई लाश एक चिता (२०५२) देखि लगातार २०६२ सालसम्म प्रेमदीप, सम्झौता, साँझका पाहुना, निलु, मायाजाल, हिन्दुनारी जस्ता सामाजिक परिवेशलाई समेटेर विविध खुराकका उपन्यासहरु आइसकेका छन् उनको । एकै विधामा कलम चलाउने उनी हामल साहित्यिकसँगै प्राध्यापन पेशामा संलग्न रहेका छन् । अर्थशास्त्र र समाजशास्त्रमा एम ए र कानुनमा एलएलवी गरेका उपन्यासकार बराल हाल दमक मोडल क्याम्पसको सहायक क्याम्पस प्रमुखको नेतृत्वमा छन् । प्रस्तुत छ दमक–१० निवासी उपन्यासकार बरालसँग गरिएको श्रष्टा कुराकानीः 
उपन्यास कसरी  लेख्न थाल्नुभयो ?
२०५२ सालतिर क्याम्पस पढ्दा खेरीको समयलाई सदुपयोग गरौँ भनेर शुरुवातमा उपन्यास लेख्न थालेको हुँ । त्यतिखेर मेरो पढाईके खर्च नै उपन्यास लेखनले निकै संघाउ पु¥याएको थियो ।
उपन्यासमा कस्तो बिषयलाई बढी जोड दिनुभएको छ ? 
लत सामाजिक परिवेशका घटनालाई पढ्न योग्य हुने गरी उपन्यासमा जोड दिने गरेको छु । माया प्रेम, महिलाका समस्या, संस्कार संस्कृति जस्ता सामाजिक चालचलनका विषयलाई नै मेरो उपन्यासमा समेटिएका छन् ।
यति धेरै कृति ल्याउनुभयो, कुन कृतिप्रति बढी सन्तुष्ट हुनुहुन्छ ?
पहिलो कृति –‘दुई लाश एक चिता ।’ मलाई लाग्छ यो कृतिले त्यस्ताका उपन्यास पारखीहरुको माझ निकै लोकप्रिय बन्न सफल भएको थियो । ३ पटक संस्करण न भयो । चानचुन १५ हजार जति निकालिए । धेरै बिक्री पनि भएको बुझेको थिए ।
त्यतिका कृति सबै आफ्नै पैसाले प्रकाशन गर्नु भयो ?
मेरो व्यक्तिगत रकम खर्चिन । सबै प्रकाशकहरुले आफै कर गरेर मैले उपन्यास दिएको थिए । तर मैले जति लेखे, बजारमा आए । धेरै कृतिहरु बिक्री भएका छन् ।
कृतिका उपन्यासकारले चाहि कति दाम पाउनु भयो नि ?
बिक्री बापत ‘रोयल्टी’ रकम लिएको छु । यति रकम नभनौँ (हासेर..............)
उपन्यास लेखेर बाँच्ने अवस्था छ ?
मोफसलमा त्यस्तो अवस्था छैन । राजधानीमा भने उपन्यास लेख्नेले बाँच्ने त होइन, केही सघाउँ पु¥याउने अवस्था बन्दै गएको छ । हामी मोफसलमा धेरै सम्भावनाहरु हुँदा हुँदै पनि हेपिएका छौँ ।
उपन्यास पढ्ने अहिले चलन घटेको छ नि ?
उपन्यास मात्र होइन, अधिकांश साहित्यिक कृतिहरु पढ्ने चलन समयको प्रभावले घटेको छ नै भन्नुपर्छ । आमसञ्चारका साधनहरुको व्यापक पहुँच बढ्दै गएकाले पनि उपन्यास किनेर पढ्नेमा कमी आएको छ । अहिले– त्यस्ता कृति रोजेर मात्र किन्ने अभ्यास बढेको छ ।

0 प्रतिकृया:

Post a Comment