आयल निगम अगाडि बम बिस्फोट - मुख्य समाचार

तीनको मृत्यु

सुरक्षा व्यवस्थामा कर्डाई
काठमाडौ/काठमाडौको अति सुरक्षित स्थान मानिने सिंहदरबार नजिकै आयल निगम भवन अगाडी सोमबार अपरान्ह करिब एक बजेर १० मिनेटमा शक्तिशाली बम बिष्फोट भएको हो बिष्फोटबाट दुर्इ जनाको घटनास्थलमै एकजनाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको
घटनास्थलमा घाइतेहरुको उद्धार गरिदै
 
घाइते जनाको वीर अस्पतालमा उपचार भइरहेको जसमध्ये दुर्इ जनाको अबस्था गम्भीर प्रहरीका अनुसार घट्नास्थलमै मृत्यु भएका ३४ वर्षीय कृष्ण तामाङ धादिंङ बैरनीका हुन् भने धादिङ बैरेनी- का ७० वर्षीय मानबहादुर तामाङको अस्पतालमा मृत्यु भएको हो तर, अन्दाजी ६५ ७० वर्षका अर्का मृतकको नाम खुल्न सकेको छैन
त्यसैगरी घाइते हुनेहरुमा ३५ वर्षका सोम तामाङ (गम्भीर घाइते), भक्तपुर ताथली- बस्ने वर्ष ४५ का रघुनाथ खड्का, धादिङ वैरनी- घर भएको वर्ष- ६५ का  लालबहादुर तामाङ, कैलाली धनगढी बस्ने वर्ष- ४० को विष्णु फुलारा, ललितपुर लुभु बस्ने वर्ष- २० को वासु श्रेष्ठ, अछाम मास्टामाण्डौं- का ४० वर्षका मान. . कुँवर, अछाम मास्टामाण्डौं- कै वर्ष २१ को भीम . कुँवर रहेका छन्  
वीर अस्पताल प्रशासनले दिएको जानकारी अनुसार करिव ३५ वर्षीय सोम तामाङ करिब ४० वर्षीय बिष्णुप्रसाद तुलाराको अवस्था गम्भीर रहेको तुलारा आयल निगमको धनगढी कार्यालयमा कार्यरत कर्मचारी हुन् यस्तै सूचना तथा संचार मन्त्रालयका करिब ४५ वर्षका कर्मचारी रघुनाथ खड्का पनि घाइते भएका छन्
बिष्फोटपछि केही घण्टा मुलुककै मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार त्यस आसपासको क्षेत्र तनावग्रस्त बन्यो घटनास्थललाई प्रहरीले सिल गरेर अनुसन्धान गरेपछि साँझसम्म घटनामा संलग्न कसैलाई पक्राउ गरेको छैन् गृहमन्त्री बिजयकुमार गच्छदार घटनास्थल पुगी निरीक्षण गर्नुका साथै वीर अस्पताल पुगेर घाइतेलाई समेत भेटेका थिए

0 प्रतिकृया:

Post a Comment