सरकारले बबरमहल बिष्फोटबारे अनुसन्धान र छानबिन गर्न समिति गठन गरेको छ । डीआईजी उपेन्द्रकान्त अर्यालको संयोजकत्वमा गठन भएको समितिमा एसएसपी देवेन्द्र सुवेदी, एसएसपी केदारमानसिंह भण्डारी र एसपी सुबोध घिमिरे छन् । गृहमन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा बसेको सुरक्षा निकायको बैठकले छानबिन समिति गठन गरेको हो । बैठकले घटनाप्रति दुःख र खेद प्रकट गर्दै दोषीलाई छिट्टै पक्राउ गरी कार्वाही गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ । यस्ता खाले घटना दोहोरिन नदिन सुरक्षा व्यवस्था कडा पारिने पनि सरकारले जनाएको छ । घटनामा मृत्यु भएकाका परिवारलाई छानबिन समितिले तोके अनुसार राहत दिने र घाइतेको सरकारबाट उपचार गराइने गृहमन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
जातीय मोर्चाले लियो जिम्मा
बिष्फोट लगत्तै बिभिन्न संचारमाध्यममा फोन गरेर जातीय मुक्ति मोर्चाका प्रवक्ता बताउने बिश्व क्रान्तिले बिष्फोटको जिम्मा लिएका छन् । पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको बिरोधमा बिष्फोट गराइएको दाबी गर्दै उनले टाइम बम बिष्फोट गराइएको र आफूहरुले अनुमान गरेभन्दा चाँडै बिष्फोट भएको बताए । उनले आगामी दिनमा अझ शक्तिशाली बिष्फोट गराउने विभिन्न सञ्चार माध्यम मार्फत चेतावनी दिएका छन् ।
0 प्रतिकृया:
Post a Comment