सिनेमा कमोडिटिज मात्रै होईन

श्रीकृष्ण न्यौपाने

सिनेमा गित संगित साहित्य र विज्ञानको उन्नत समिश्रण हो । भनिन्छ यो छैटौ ललित कलाको छैटौ रुप पनि हो । कुनै निश्चित भूगोल र भाषाले सिनेमाको महत्वलाई संकुचित गर्न सक्दैन । किनकी यसको भाषा एउटै हुन्छ त्यसलाई बुझ्न कुनै विशेष लिपि र भाषाको सहयोग नै चाहिदैन किनकी यसको भाषा त्यस्तो हुन्छ जसले मानवीय संवेग र भावनालाई सहजै तत्काल छोइदिन्छ । त्यसैले पनि सिनेमालाई कमोडिटिज अर्थात् उपभोग्य बस्तुकारुपमा मात्र नभई समाज र साहित्यकालागि पनि बलियो बनाउनु पर्ने सर्वमान्य सिद्धान्त हो । तर नेपाली परिप्रेक्ष्यमा सिनेमा मेकिङ्ग शौख र मनोरंजनमा रुमलिएकै कारण नेपाली रजतपट अहिलेसम्म न व्यवसायिक हुन सक्यो न त यसले मानवीय चाहना र भावनालाई सम्बोधन नै गर्न सक्यो ।
एउटै निर्देशक एक वर्षमा आधा दर्जन चलचित्र हलमा उतारेर गर्व गर्ने यो बजारमा नेपाली सिनेमाको गुणस्तरलाई सहजै अनुमान गर्न सकिन्छ । मैले कस्तो चलचित्र बनाए भन्नु भन्दा पनि कतिवटा बनाए भन्ने प्रतिष्पर्धामा रम्न थालेपछि सिनेमा मेकिङ्गमा रिसर्च अध्ययन त हुने कुरै भएन । दर्शकको चाहना र रुची बुझ्ने कसलाई फुस्रद सिनेमा रिलिज गरिदिएपछि दर्शकले हेरिहाल्छन् नी भन्ने पुरानै मान्यताका कारण कुल जनसंख्याको १ प्रतिशत जनता नेपाली सिनेमा हेर्न हलसम्म जाने कष्ट व्योहर्न चाहदैनन् । सबैको साझा गुनासो छ कार्बन कपी लाग्ने नेपाली सिनेमा हेर्नु भन्दा त्यसको सक्कली प्रति हेर्नुको मज्जै बेग्लै । हरेक सिनेकर्मीलाई नेपाली दर्शकको गुनासो थाह नभएको पनि हैन । तर पनि निरिहझै लाग्छन् नेपाली सिने मेकस्र अनी बुझी बुझी थाह नपाए झै लाचारी भई दिन्छन् । फराकिलो अध्ययन विना नक्कल गर्ने प्रबृत्ति बढेकाले नेपाली सिनेमा माथि उठ्न नसकेको भन्नेमा पनि त्यही जमात अगाडी देखिन्छ । राम्रो सिर्जना र नविन धारणाकालागि अरुका सिर्जनाको अध्ययन अवलोकन जरुरी हुन्छ तर नेपाली निर्देशकसँग अनुसन्धान र अध्ययन गर्ने समय नै कहा छ र यहि परिप्रेक्ष्यमा एउटा दृष्टान्त पेश गरौं अमेरिकी महिला निर्देशक इरिन गेलेले चेलीबेटी बेचविखनका विषयमा एउटा ३० मिनेट लामो बृत्त चित्र ब्रेभ गर्ल बनाउन उनले दुई वर्षभन्दा बढि अध्ययन गरिन् । सबै कलाकारलाई अडिसनबाट छानिन् । १४ वर्षिय बालिकालाई बेच्न लागेको विषय महिला बेचविखन सम्बन्धी समस्या अन्र्तराष्ट्रिय स्तरकै विषयमा उनले भर्खरै छायांकन सकाएको यो डकुमेन्ट्रीले नेपाली निर्देशक र निर्मातालाई धेरै कुरा सिकाएको छैन र
अनुसन्धान र दर्शकको भावनालाई आत्मसाथ गर्न नसकेकैले नेपाली नेपाली सिनेमाले राम्रो व्यापार गर्न नसकेको कुरा कसैबाट लुकेको छैन । नेपाली सिनेमा हेरेर दर्शक खुसीमा रमाउने दुःखमा कराउने भावनामा बग्ने नभएसम्म नेपाली सिनेमाले आफ्नो धर्म निर्वाह गर्न सक्ने छैन । मानवीय संवेदनालाई नछोएसम्म सिनेमाको परिभाषामा नेपाली सिनेमा अटाउन नसक्ने विश्लेषकहरुको बुझाई छ ।
चलचित्रले ५१ औं दिन मनाउन छाडेको पनि धेरै भईसक्यो । हरेक साता फिल्म उत्रने र रिलिज हुने पत्तो समेत नभएको अवस्थामा फिल्म निर्माणको घोडा दौड भने झन् तेज भएको छ । लगानी र सिर्जनाका हिसाबले नेपाली सिनेमाको अबस्था धराशयी भइरहेको परिप्रेक्ष्यमा सिनेकर्मीले पनि सोच्ने बेला आईसकेको छ कि भारतीय चलचित्रबाट प्रत्यÔ प्रभावित भएर कहिलेसम्म र कसकालागि सिनेमा बनाउने सिनेमालाई कमोडिटिजका रुपमा मात्रै बुझ्ने हो भने यसले कुनै पनि मनलाई छुन सक्दैन सिनेमाको अर्को पाटो साहित्य कला र संस्कृतीलाई पनि सँगै लिएर हिड्नु अहिलेको आवश्यकता हो ।



0 प्रतिकृया:

Post a Comment