प्रवृत्ति

कमन देवान
'मान्छे' चरित्र बडा विचित्रको छ । जुनसुकै जहाँसुकै र जेसुकै काममा पनि मान्छे जस लिन आफू अगाडि त_िम्सन्छ र अवजसबाट पन्छन सक्दो प्रयास गर्छ । हाम्रो समाजमा बग्रेल्ती यस्ता उदाहरणहरु  भेटिन्छन् जहाँ मान्छे नामक अजिव जीवले यो दरिद्रता प्रदर्शन गर्दछ । ताकि उसको बुझाईमा यो वुद्धिमता, चतुर् याई सक्षमता र कुशलता हो । तर यो पनि बिल्कुलै बुझाई मात्र हो त्यो कस्तो भने जानाजान उल्टालाई सुल्टा बुझ्नु जस्तो । आजको समाजमा मान्छेको हविगत चमेरे निर्वाहकै लगभग परिस्थितिबाट गुज्री आएको हो । तथापि हामी मान्छेमा भएको  वौद्धिकताले यस यथार्थलाई बारम्बार अस्वीकृत गर्दछ । मान्छेलाई मान्छे सम्म पुग्नबाट निषेध गरेर मान्छेलाई मान्छेले जस्तो बाँच्न पाउने अधिकार खोसेर अन्ततः मान्छेले छोएको पानी मान्छेलाई नै नचल्ने प्रथाको शिराबाट सस्थता ज्ञान विवेक र  वुद्धत्व खोज्ने हामी मान्छेहरु तथाकथित मात्रै त छैनौँ  आजभोलि शंका लाग्न थालेको छ ।
मान्छे बसेको घरमा मानवता बसाई सरिसकेको छ । मानवताको प्राण अन्तकतै पुगेर वस्तुगत देह प्रतिको मोह काम लालसा र डाढा भित्र कुहिरोको काग बनेको हामी मान्छेको चेतना वरदानै पाए पनि अरुको कुभलोमा प्रयोग गर्न लालयित छौं । इश्र्या लोभ र स्वार्थको अड्ा जमाएर हामीले फलाकेको आदर्श म्रत्येक वाणी निर्मम पीडावोध गर्दै सत्यको अग्नि कुण्डमा हामफालेर आत्महत्या गर्दै छन् । यो सत्यको पक्षमा उभिने क्राइस्ट मोहमद वु वुद्ध; कवीर र रामहरुलाई आफ्नो स्वार्थ पूर्तिका लागि भजाएर हिँड्ने हामी मान्छेले सत्यको निण्ठा माथि त यति विघ्न फेल गरेका छौँ भने बाँकी कुरा के छ र । तसथै यतिबेला मान्छेले खराबीका विरुद्ध जतिसुकै सफा सुद्ध; र असल आवाज वुलन्द गर्दा पनि त्यो शंकाको घेरा भित्र पर्छ । कसैले कसैलाई प्रशांसा गर्नुको पनि स्वार्थ कसैले कसैलाई माया सदभाव र स्नेह बाँड्दा पनि स्वार्थ फकाउनु पुल्काउनु र मनाउनुमा पनि स्वार्थ नै  छ । नभए पनि त्यो शंकाको दायरचबाट उम्कनै सक्दैन । भन्नुको तात्पर्य शंका स्वार्थ कुभलाई र बदमासी आजको समय मिल्दो सत्यहरु हुन् हामी मान्छेका लागि । 
जसरी कोइलीले कागको गुँडमा फुल पारेर बचेरा उडाउने मात्रै कष्ट खेपेर कागजलाई पंगु बनाउँछ समाजमा मान्छेले स्वयम् मान्छे माथि गरिरहेको व्यबहार उपरोक्त कि्रयासँग मेल खान्छ । समयको प्रवाह गति दिशा र गन्तव्य सँधै प्रकृति सम्वत छ । त्यसलाई सम्म आफ्ने काबुमा राख्ने हिम्मत गर्न नचुक्ने एउटै व्रहमाण्डको आँटिलोजीव मानिस हो । त्यसैले आफ्ना कालाकर्तुतहरु छोप्न मान्छेले सेतो च्यादरको कमिज र लबेदा पहिरिने गर्दछ । ढोंगको नाचमा कुमारित्वको बलात्कार गरेर सतीप्रथाको विरोध सयामा गरिने प्रतिवद्धता जस्तै छ  मान्छेको आचरण र व्याख्या।
यहाँका उहाँका त्यहाँका कहाँका जहाँका पनि मान्छे भन्नु उस्तै हुन् । यदाकदा मानवताको चेतमा पला बढी भएकाहरुको दृष्टिकोण र चिन्तनलाई भने छुट दिनुपर्दछ । अन्यथा हामी मान्छको मान्छेत्व भन्दा बेश्या र पाखण्ड मति पशुहरुमा त छँदै छैन सजिव जीव र ढुङ्गामा पनि  छैन । ढुङ्गा कहिल्यै  पग्लिएको प्रमाण छैन बरु फुटेर टुक्राटुक्रा हुन्छ तर मान्छेको अडान र विश्वास यस्तो सस्तीत्व चेतबाट कहिल्यै शिक्षित दीक्षित र प्रशिक्षित छैन । ढुङ्गाले आफ्नो  आदर्श र मूल्यका लागि कुर्वानी गर्छ त मान्छे आफ्नो क्षणिक स्वार्थका लागि सिङ्गो मानवताको कुर्वानी चढाउन लालयित छ । यसर्थ हामी मान्छेले मान्छे हुनुमा के किन कति र कसरी गर्व गर्ने  आज यो प्रश्न हामी प्रत्येक मान्छेका अघि हामी आफैंले तेस्र्याएका छौं । र यो यस्तो दूर्भाग्यपूर्न समय हो कि हामी आफैले सोधेको प्रश्नको सही वास्तविक र ठीक उत्तर जान्दैनौं । आफैले सोधेको प्रश्नमा असफल भएका हामी मान्छेट के सफलता प्राप्त होला  यो विषयको सही उत्तर भावी इतिहासमा कुनै दिन प्राप्त होला अहिलेको हाम्रै मतिले त्यो सम्भव देखिँदैन । 
तसर्थ आफूले के गर्न सकिएन  त्यसलाई जीवनको असल पाठ र चुनौतिका रुपमा स्वीकार गरौँ तर कागले दुःख गरेर बनाएको गुण र बचेरा कोरल्ने योजना भत्काउने काम नगरौं । सबैले सबै काम  गर्न सकिँदैन त्यसको मतलव अर्काले गरेको काममा आफू पगरी गुथ्न चाँहि अघि नसरौँ । के गर्दा आफैले पगरी गुथ्न सफल भइन्छ त्यो गर्ने प्रयत्न गर्नुमै वुद्धिमानी ठहर्ने छ ।

1 प्रतिकृया:

this is my nacked view toward human........... we the destroyer.............

Post a Comment