देवकोटाको जन्मजयन्ति

१७ कातिक
खुदुनाबारी÷ महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय तिनऔ जन्म जयन्तिका अवसरमा झापाकेा खुदुनावारी स्थित भुटानी शरणार्थी शिविरमा साहित्यिक कार्यक्रम सम्पन्न गरिएको छ ।
भुटान नेपाली साहित्य परिषदले आयोजना गरको कार्यक्रममा वरिष्ठ साहित्यकार गणेश रशिक प्रमुख आतिथी रहेका थिए । कार्यक्रममा एलबि मगर यदुनाथ अजनवी देवकुमार तामाङ शिवलाल दाहाल अर्जुन प्रधान रमेश गौतम लगायतले ईन्टरनेट मार्फत रचना गरेका थिए । मोनाराज शेर्मा केशव आचार्य प्रकाश आङ्देम्बे उमाकान्त खनल धनकुटे कान्छा लगायतको आतिथ्यतामा भएको कार्यक्रममा शेरु राई उदाश बुद्धिमान राई अशोक बस्नेत दिपा दाहाल नविन प्राचिन राजकुमार सुव्वा अनिश्चित लगायतले रचना वाचन गरेका थिए ।



0 प्रतिकृया:

Post a Comment