आय-व्यय सार्वजानीक

१७ कातिक
महारानीझोडा÷ झापाको महारानीझोडा-२ स्थित सामुदायिक भवन तथा पुस्तकालय अध्ययन केन्द्रको मंगलबार आय-व्यय सार्वजानिक गरिएको छ ।
केन्द्रको भवनमा झापा क्षेत्र नम्बर-६ का सभाषद दिपक कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सचिव युवाराज बाँस्कोटाले ३३ लाख ८० हजार रुपैयाँ बराबरको आय र ३३ लाख ३० हजार रुपैयाँ बराबरको ब्यय बिबरण सार्वजानीक गरेका हुन् । कार्यक्रममा भवन निर्माणका लागि उल्लेख्य सहयोग पुर् याउने रामकुमारी राई अभिमन्यु काफ्ले हेमकुमार खड्का शिबकुमार प्रसाई ईन्द्रप्रसाद काफ्ले र डिल्लिराम काफ्लेलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको हो ।
अध्ययन केन्द्रका अध्यक्ष देवीप्रसाद काफ्लेकेा अध्यक्षतामा भएको कार्यक्रममा भवनको आवश्यकता र औचित्यबारे निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेशकुमार खरेलले प्रकाश पारेका थिए । निर्माण उपभोक्ता समितिका सचिव पि्रय विक्रम आङ्देम्बेले साचालन गरेकेा कार्यक्रममा सभाषद कार्की पत्रकार चेतन अधिकारी लगायतले बोलेका थिए ।

0 प्रतिकृया:

Post a Comment