दुई पत्रकार सम्मानित

१७ कातिक
उर्लाबारी ÷ पत्रकारीताको माध्यमबाट स्थानीय क्षेत्रको विकासमा योगदान पुर् याउने दुई पत्रकारलाई मोरङको डाँगीहाटमा मंगलबार सम्मान गरिएको छ । बिभिन्न तीनवटा संस्थाहरुले हिमिशिखर टेलिभिजनका समाचार प्रमुख अजित धिमाल र रेडियो सुसेलीका समाचार सम्पादक नरेन्द्र बस्नेतलाई सम्मान गरेका हुन् ।
मोरङको डाँगीहाट १ मा रहेको अमर प्रगतिशिल युवा समुहजनएकता साँस्कृतिक माच र डाँगीहाट फुटबल क्लबले एक बृहत साँगीतिक तथा सम्मान कार्यक्रमको आयोजना गरेर उनीहरुलाई दोषल्ला र सम्मानपत्रका साथ सम्मान गरेको हो ।
मोरङको डाँगीहाटबाट पत्रकारिता शुरु गरेर डाँगीहाटको परिचयलाई पत्रकारिताको माध्यायमबाट देश र बिदेशमा समेत चिनाउन सफल भएको भन्दै ्र सम्मान गरिएको कार्यक्रमका संयोजक डिल्ली धिमालले बताए । सम्मान कार्यक्रमका साथमा स्थानीय कलाकारहरुले साँगीतिक कार्यक्रम समेत गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment