दुर्घटनामा एकको मृत्यु, दुई घाइते

उर्लाबारी । पूर्वपश्चिम राजमार्ग अन्र्तगत मोरङको उर्लाबारी चौकमा मंगलबार विहान मोटसाइकल र बस जुद्धा मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ । मोटरसाइकलमै सवार दुई जना घाईते भएका छन् ।
दुर्घटनामा उर्लाबारी—३ सुर्यचौकका १९ बर्षीय सविन पौडेलको ज्यान गएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । दक्षिणबाट उत्तर तर्फ गुडिरहेको मे.२ प. ३५९ को मोटरसाईकललाई पश्चिम दिशाबाट गइरहेको ना. ५ ख. ४७८३ नम्बरको बसले ठक्कर दिदाँ घाईते भएका पौडेलको उपचारका लागि विराटनगरस्थित न्यूरो हस्पिटल लैजादै गर्दा बाटैमै ज्यान गएको हो ।
घाइतेमध्ये मोटरसाइकल चालक इलाम साक्फारा—५ का २६ बर्षीय चित्र राईको न्यूरो हस्पिटल र उर्लाबारी—३ की २८ बर्षीय उमा निरौलाको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारी प्रहरी प्रमुख श्रीराम भण्डारीले जानकारी दिए । बस र बसका चालक विराटनगर—२ निवासी ४८ बर्षीय सोमनाथ नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

0 प्रतिकृया:

Post a Comment