फेसबुक(Facebook)का रोचक तथ्यहरु

Mark Zuckerberg

फेसबुकका को–फाउण्डर मार्क जुकरवर्गको १४ मे मा ३१ औँ जन्मदिनसँगै फेसबुकले पनि आफ्नो ११ औँ वर्ष पार गरेको छ । पछिल्लो एक दशकमा फेसबुकले इन्टरनेटको दुनियाँमा आफ्नो नाम अग्रस्थानमा राखिसकेको छ । यसैको अवसरमा फेसबुकसँग जोडिएका केही रोचक तथ्यहरु यहाँ प्रस्तुत गरिएको छ ।


फेसबुकको रंग नीलो हुनुको कारण :
फेसबुकको रंग निलो हुनुको पछाडि मार्क जुकरवर्गको कलर व्लाइन्डनेसको समस्या हावी छ । ‘न्युयोर्कर’ लाई दिएको एक अन्तरवार्तामा आफुले हरियो र रातो रंग नदेख्ने हुनाले उनलाई नीलो रंग सबैभन्दा सहज लाग्ने मार्कले बताएका छन् । फेसबुक सुरुदेखि नै एकै रंगमा छ । मार्क यसलाई जतिसक्दो सादा बनाउन चाहन्थे । यसै कारणले उनले फेसबुकमा पनि नीलो रंग राखेको बताइएको छ ।

आइसल्याण्डको संविधान फेसबुकको सहयोगमा लेखिएको :
सन् १९४४ मा डेनमार्कबाट अलग्गिएपछि पनि आइसल्याण्डले आफ्नो संविधान नबनाई डेनमार्ककै संविधान मानिरहेको थियो । सन् २०११ मा भने आइसल्याण्डले आफ्नो संविधान लेख्ने निर्णय गर्यो । यसका लागि आइसल्याण्डले २५ जनाको परिषद् गठन गर्यो र उनीहरुले फेसबुकको सहारा लिएर मानिसहरुको सुझाव मागे ।
यो परिषद्ले संविधानको दस्तावेज नै फेसबुकमा पोष्ट गरिदियो । यो दस्तावेजमा मानिसहरुले आफ्नो विचार र सुझाव व्यक्त गरे र यसैको आधारमा आइसल्याण्डको संविधान लेखियो जसलाई फेसबुकमा पोष्ट पनि गरिएको थियो ।

सम्बन्ध विच्छेदको सबैभन्दा साझा कारण :
सन् २०११ मा सम्बन्धविच्छेद अनलाइनको तथ्यांकको अनुसार, अमेरिकामा दर्ता भएका सम्बन्ध विच्छेद गर्ने सम्पूर्णको एकतिहाइ कारण कुनै न कुनैरुपमा फेसबुक रहेको थियो । सम्बन्धविच्छेद अनलाइनका अनुसार यसकुराको प्रमाणका रुपमा मानिसहरुले आफ्नो जीवनसाथीको च्याट सन्देशहरु, नराम्रा कमेन्टहरु र फेसबुकका साथीहरुको नामावली पेश गरेका थिए । सामाजिक संजालले सम्बन्धमा परिवर्तन ल्याएको पाइएको छ ।

८३ प्रतिशत यौनकर्मीहरुको फ्यान पेज छ फेसबुकमाः
फेसबुकमा ८३ प्रतिशत यौनकर्मीहरुको फ्यान पेज रहको छ । यो कुरा कोलम्बिया विश्वविद्यालयका एक अनुसन्धानकर्ता सुधीर वेंकटेशनले अगाडि राखेका थिए । सुधीरको अनुुसन्धानका अनुसार पहिले यी यौनकर्मीहरुले आफैँले क्रेगलिस्ट वेबसाइटमा वयष्क सेवा अन्तर्गत आफ्नो विवरण राखेका थिए, पछि तिनै यौनकर्मीहरु फेसबुकमा आफ्नो फ्यान पेज खोल्न तर्फ लागेका हुन् ।

मार्क जुकरवर्गको पेजको सर्टकर्टः
फेसबुकमा मार्क जुकरवर्गको पेज हेर्नका लागि एक खास सर्टकर्ट रहेको छ । फेसबुकको यूआरएलको पछाडि अंक ४ लेखियो भने ब्राउजरमा सिधै जुकरवर्गको पेज खुल्छ । उनको पेजका लागि www.facebook.com/4 लेख्नुपर्ने हुन्छ । त्यस्तै यूआरएलको पछाडि ५ र ६ अंक लेख्दा क्रमशः क्रिस हग्स र डस्टिन मोस्कोविट्जको पेजसम्म पुगिन्छ । यिनीहरु फेसबुकका सह–संस्थापक हुन् ।

फेसबुकद्वारा ह्याकरहरुलाई इनामः
फेसबुकद्वारा ह्याकरहरुलाई इनाम दिने गरिएको छ । हरेक व्यक्ति जसले फेसबुक ह्याक गर्न सक्छ, उसलाई ५ सय अमेरिकी डलर इनाम सरह प्रदान गरिन्छ । यति मात्र नभई कसैले फेसबुकको कुनै गल्ती पत्ता लगाएमा पनि यो इनामको हकदार हुन सकिन्छ । तर यो नियममा फेसबुकका शर्तहरु पनि लागू हुन्छ । यस अन्तर्गत ह्याकरले आफ्नो परिचय नदिई फेसबुकलाई आफ्नो गल्ती सुधार्ने २४ घण्टाको समय दिनुपर्ने हुन्छ ।

फेसबुकमा अनफ्रेन्ड गर्दा हत्याः
फेसबुकको कारणबाट अपराध पनि भएको छ । यसको प्रमाण हो अमेरिकाको टेननेसीमा भएको हत्याकाण्ड । जेनेले पोर्टन नामकी एक महिलालाई बिली क्ले पेनी र बिली जिन हेवर्थ दम्पतीले फेसबुकबाट अनफ्रेन्ड गर्दा जेनेले पोर्टनका पिता आक्रोशमा आएर ती दम्पतीको हत्या गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment