विद्यार्थीलाई मनोपरामर्श जरुरी


ओमप्रकाश गौतम
गत वैशाख १२ र २९ गतेको महाभूकम्पको धक्काले आम नेपालीहरुलाई  मात्र त्रसित बनाएन, विश्व संसारलाई ध्यानाकर्षण गरायो । त्यसपछिका पराकम्पनहरुले झनै–झनै पीडामाथि पीडा थपिदिंदै गएको छ । हिजो–आज हामीलाई यस्तो अनुुभूति भइरहेको छ कि यो पृथ्वीमा कम्पन आइदिएन भने के भयो होला, कसो भयो होला ? यस्तै–यस्तै मनोतर्कले हामीलाई भुलाईरहेको छ । यसरी नै नेपालमा अर्को मनगढन्ते ज्योतिषी, धामी–झाँक्रीहरुको दिनप्रतिदिनको भूूकम्पको धक्काको मिति र समय तोकिएका खबरहरु मिडियामा आइरहेको खबरले त झनै–झनै शंका र उपशंका थपिदिदै गइरहेको छ ।
प्रकृतिको निर्दयीता र राज्यको निरीहताबीचको मानवजनजीवन दैनिकी भूूकम्पको उथल–पुुथलले सारा नेपाली संशकित बन्दै गइरहेका छन् । देशको भौतिक, सांस्कृतिक, धार्मिक, पुरातत्विक क्षेत्रहरुको संरचना भूकम्पको धक्काले गम्भीर असर पारेर गयो त्यसको सबैभन्दा ठूलो असर शैक्षिक क्षेत्रमा पर्न गएको छ । अधिराज्यभर हजारौं–हजार भन्दा बढी विद्यार्थीहरु मृत्युुवरण गर्न पुुगेका छन् । लाखौं–लाख बालबालिका घाइते भएका छन्, कतिको त घरबारबिहिन भएको अवस्था छ । गाँस, बास र कपास खोसिएको छ, यो दैवी प्रकृति पनि कति निर्दयी रहेछ, हामी सम्पूर्ण नेपालीहरुको मनलाई आज यसले आपत्–विपत्को स्थितिमा पुु¥याई दिएको छ । मनमा शान्ति छैन, अमनचयन छैन, भोक, प्यास, निद हामीबाट चुँडाइदियो यो महाभूकम्पले ।
यो दिनप्रतिदिनको मौसमी परिवर्तनले त झनै त्रासमाथि त्रास थपिदिएको छ । कहिले चर्को घाम लाग्ने, कहिले पानी पर्ने, कहिले हावाहुरी आउने, आकाश खस्ला जस्तो गर्ने मौसमी परिवर्तनले हाम्रा बालबालिकाहरु धेरै त्रसित छन् । २०७२ वैशाखको पहिलो साता बित्ने बित्तिकै विद्यालय सञ्चालन भए पश्चात्को महाभूकम्पको धक्काले हाम्रा बालबालिकाहरुको पढ्ने, लेख्ने र बोल्ने अधिकार सबै खोसिदियो महाभूकम्पले ।
महाभूकम्पको त्रासका कारण बन्द भएको विद्यालय जेष्ठ १ गतेदेखि खुल्ने भनिए तापनि पनि पटक–पटकको पराकम्पनको धक्काले झनै त्रास फैलाइदिएको छ । यसैका कारण सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरु जेष्ठको दोस्रो साता भन्दा अगाडि खोल्न नसकिने परिस्थिति सिर्जना भएको समाचार शिक्षक संघ, संगठनको मोर्चाले प्रेसित गरिरहेका छन् ।
गत वैशाख १२ र २९ गतेको महाभूकम्पको धक्का र २५० भन्दा बढीको पराकम्पनले पुु¥याएको असरले विद्यालयको भवन लगायत भौतिक संरचनाहरुको क्षति नेपालभर अनुुगमन तथा मूल्यांकन गरेर क्षतिको विवरण शिक्षाक्षेत्रका सम्बन्धित निकायले जिल्ला शिक्षा कार्यालयमा पेश गरिरहेका छन् । झापामा मात्रै धेरै विद्यालयका भवनहरु माथि धेरै क्षति पुुगेको समाचार दिनका दिन आइरहेको हुनाले तुुरुन्त पठन–पाठन गर्न नसक्ने अवस्था अनुुगमन कर्ताहरुले भनिरहेका छन् । कति भवन त छानानै चर्किएका छन्, भौतिक सामग्रीहरुमा असर पुगेको छ । कोठाभित्र पसेर अध्यापन गराउन सक्ने अवस्था छैन ।
दिनानुदिन आइरहेको यो पृथ्वीको कम्पनले गर्दा विद्यार्थीको मस्तिष्कमा धेरै नै असर पुुगेको जानकारी मनोचिकित्सकहरु गरिरहेका छन् ।
उनीहरुको भनाई अनुुसार मनोसामाजिक परामर्शको कार्यक्रम सञ्चालन गरेर विद्यालय तहमा त्रासको वातावरण हटाउन सकिने कुराको जानकारी बोध गराइरहेका छन् । शिक्षकहरुलाई दिइने त्यस्तो मनोसामाजिक परामर्शका लागि स्रोतव्यक्तिसहित मनोविज्ञ तथा परामर्शतादाहरुको सहयोग लिएर अघि बढ्न सकेमात्र विद्यार्थीहरुको मस्तिष्कलाई त्रासबाट हटाउन सकिन्छ । यसकारण शिक्षकहरुलाई मनोेसामाजिक परामर्श दिए मात्रै उनीहरुले त्यस किसिमको परामर्श बालबालिकाहरुलाई दिन सक्छन् जुन अहिलेको त्रसित वातावरणमा विद्यार्थीहरुको मस्तिष्कलाई त्रासबाट नियन्त्रण गर्न सकिन्छ । अहिले हाम्रा बालबालिकाहरुलाई तपाई हामीले नै त्रसित बनाइरहेका छौं, उ आयो, आयो, भूकम्प आयो, भाग, भाग भनेर त्रासमाथि त्रास थपिरहेका छौं यो घटना तपाई हामीले चोक–चोक र गल्ली गल्लीमा हल्ला गरेको बाटै स्पष्ट छ कि बालबालिका किन यस्ता अनर्गल प्रचारबाजीबाट मुक्त हुन सकिरहेका छैनन् ? के बालबालिकालाई यसरी त्रासको स्थिति जन्माइदिइ राख्ने कि मनोपरामर्शको पद्धतिद्वारा त्रास हटाइदिने ? यस्ता अनर्गल प्रचारबाजी तपाइँ हामीले गरिरहेको छौ भने ती कलिला बालबालिका भन्दा टाढा रहेर ठट्टा गरौं, उनीहरुको नजिक बसेर यस्तो कार्य कोही कसैले नगरौं । यस्ता पराकम्पनहरुलाई बिर्सिदिनका लागि हाम्रा विद्यार्थीहरुलाई सामान्य अवस्थामा पुुनः फर्काउन आफन्त, साथीभाइ र शिक्षक गुमाउनुको पीडा भुलाउन सोझै विषयवस्तुको पढाइभन्दा सुरुवाती दिनहरुमा अतिरिक्त क्रियाकलापतर्फ ध्यान केन्द्रित गराएर मनोपरामर्श सम्बन्धी चेतनालाई नियन्त्रण गर्नका लागि  फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, चेस जस्ता खेलकुुदका सामग्री किनिदिएर खुुल्ला ठाउँमा खेलेको विकासको लागि खेलकुद खेल्न सिकाएरै भए पनि मनोद्वन्द्वलाई हामी सबैले हटाऔं । निरन्तर जारी रहिरहेको झड्का र कम्पनले हाम्रा बालबालिकाहरुको मस्तिष्कमा नै असर पुगिरहेको हुुनाले शान्ति तथा मैत्रीपूर्ण ब्यवहारको सीप र सिर्जनाले उनीहरुलाई पुुनः पहिलेको अवस्थामा ल्याउने वातावरणको सिर्जना तपाइँ हामी शिक्षक अभिभावक र सरोकारवाला पक्षले ध्यान दिनु जरुरी छ । अनि मात्र धक्काको अनुुभव कम हुँदै जानेछ । उनीहरुको मस्तिष्कभित्र र ती बालबालिकाको भूूकम्पजन्य मानसिक समस्या बिस्तारै कम हुँदै जानेछ । त्रसित मानसिकतामा रहेका बालबालिकालाई घरभित्र वा बाहिर सबैसँग मिलेर खेल्ने खेलमा सहभागी गराउन सके मात्र उनीहरुले विगतका दुुखद् घटना उनीहरुको मस्तिष्कबाट हटाउने छन् । हामी अभिभावकहरुले अर्को कुरा भुुल्नुु हुँदैन त्यो के हो भने टेलिभिजनका पर्दाहरुमा भूूकम्पको विध्वंश र कारुणिक दृश्य आफूूसँगै बसेर देखाउनु हुँदैन किन कि त्यो कारुणिक तस्वीर उनीहरुको मस्तिष्कले देख्यो भने ती बालकभित्र–भित्रै त्रसित बन्छन् र उसको मनमस्तिष्कनै खलबलिन सक्छ । उनीहरु त्यसपश्चात् भुुइँचालो गएजस्तो लाग्ने, सपना आउने, डर लाग्ने जस्ता मानसिक रोगले त्रसित भइरहन्छन्, यसको निवारणको मुुख्य आवश्यकता भनेको नै मनोपरामर्श दिएर उनीहरुको मनमस्तिष्कलाई स्थिर राख्न सक्ने क्रियाकलापको बस्तुुगत अध्ययन गरेर त्रासलाई हटाई दिन सक्नु नै हो । यस्ता मनोविज्ञान सम्बन्धी विषयवस्तु केन्द्रित मनोविमर्श तालिमको परामर्श दिदै हाम्रा बालबालिकाको मस्तिष्कबाट भूूकम्पको त्रासलाई हटाएर मात्रै विद्यार्थीहरुलाई विद्यालय पठाऔं ।
omgautam817@gmail.com

0 प्रतिकृया:

Post a Comment