सुनसरी । सुनसरी र सिरहामा सोमबार राती भएका आगलागीका छुट्टा छुट्टै घटनामा साढे १२ लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ ।
सुनसरीको सिमरिया २ का सुरेन्द्र चौधरीको घरमा रहेको एग्रोभेट पसलमा आगलागी हुँदा १० लाख रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ । राति ८:२० बजेतिर पसलमा बालेको मैनबत्तिबाट सल्किएको आगोले पसलसहित घर र एउटा मोटरसाइकल समेत जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यस्तै, आगलागीबाट सिरहाको महेशपुरपतार ६ का छबिलाल शाहको भान्साघर तथा गोठ जलेर नष्ट भएको छ । सोमबार राती १० बजेतिर फुसको छानो भएको भान्सा घरबाट सल्किएको आगोले भान्साघर जलेर नष्ट हुनुका साथै गोठमा रहेका एउटा गाई र बाछो जलेर मर्दा २ लाख ५० हजार रपैया बराबरको क्षति भएको हो । आगो निभाउने क्रममा ११ वर्षिया बालिका संगिताकुमारी शाह घाईते समेत भएकी छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको सिरहा प्रहरीले जनाएको छ ।
गत चैत २६ गते भएको आगलागीमा घरवारविहीन भएका मलनीयावासीको पीडामा थोरै भएपनि राहत पुर्याउन झापाका विभिन्न क्षेत्रबाट संकलित सामग्री वितरण गरिएको बताइएको छ । झापा उद्योग वाणिज्य संघ शाखा बिर्तामोडले यसअघि ताप्लेजुङका अग्नि पीडित तथा भूकम्प पीडितका लागि ३० लाख रुपैयाँ बराबरको राहत सामग्री तथा नगद जुटाएर हस्तान्तरण गरेको थियो ।
सुनसरीको सिमरिया २ का सुरेन्द्र चौधरीको घरमा रहेको एग्रोभेट पसलमा आगलागी हुँदा १० लाख रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ । राति ८:२० बजेतिर पसलमा बालेको मैनबत्तिबाट सल्किएको आगोले पसलसहित घर र एउटा मोटरसाइकल समेत जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यस्तै, आगलागीबाट सिरहाको महेशपुरपतार ६ का छबिलाल शाहको भान्साघर तथा गोठ जलेर नष्ट भएको छ । सोमबार राती १० बजेतिर फुसको छानो भएको भान्सा घरबाट सल्किएको आगोले भान्साघर जलेर नष्ट हुनुका साथै गोठमा रहेका एउटा गाई र बाछो जलेर मर्दा २ लाख ५० हजार रपैया बराबरको क्षति भएको हो । आगो निभाउने क्रममा ११ वर्षिया बालिका संगिताकुमारी शाह घाईते समेत भएकी छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको सिरहा प्रहरीले जनाएको छ ।
आगलागी पीडितलाई राहत
विर्तामोड । झापा उद्योग वाणिज्य संघ शाखा विर्तामोड र छठ सेवा समाज बिर्तामोडले संयुक्त रुपमा सप्तरीका अग्नि पीडित ४३ घरपरिवारलाई राहत वितरण गरेको छ । दुवै संस्थाको संयुक्त टोलीले सोमवार सप्तरी रामपुर मलनीया–५ स्थित अग्नि पीडित परिवारकैमा पुगेर ३ लाख ५० हजार रुपैयाँ बराबरको राहत वितरण गरेको झापा उद्योग वाणिज्य संघ शाखा विर्तामोडका अध्यक्ष बलराम कार्कीले जानकारी दिए । छठ समाजका अध्यक्ष देवेन्द्रकुमार सिंहका अनुसार अग्नि पीडितहरुका लागि चामल, दाल, नून, तेल, चिउरा, साबुन, भाडाकुडा, लत्ताकपडा लगायतका सामग्री वितरण गरिएको थियो ।गत चैत २६ गते भएको आगलागीमा घरवारविहीन भएका मलनीयावासीको पीडामा थोरै भएपनि राहत पुर्याउन झापाका विभिन्न क्षेत्रबाट संकलित सामग्री वितरण गरिएको बताइएको छ । झापा उद्योग वाणिज्य संघ शाखा बिर्तामोडले यसअघि ताप्लेजुङका अग्नि पीडित तथा भूकम्प पीडितका लागि ३० लाख रुपैयाँ बराबरको राहत सामग्री तथा नगद जुटाएर हस्तान्तरण गरेको थियो ।
0 प्रतिकृया:
Post a Comment