आरती टोलमा सडक मर्मत

दमक/ झापाको दमक–१० स्थित  आरती टोलमा सडक मर्मत  गर्ने काम सम्पन्न भएको छ ।
क्याम्पस मोड र आरती टोलसम्म जाने २ सय ९० फुट लम्बाई र २० फुट चौडाइको सडक मर्मत सम्पन्न भएको हो । उपभोक्ता र नगरपालिकाको साझेदारीमा सडक मर्मत गरिएको थियो  । नगरपालिकाको ६० हजार र उपभोक्ताको ७० हजार रुपैयाँको लागतमा सो सडक निर्माण सम्पन्न भएको निर्माण समितिका अध्यक्ष चन्द्र पोख्रेलले बताए ।


0 प्रतिकृया:

Post a Comment