भगवान् भरोसामा सञ्चालित छ सोलु अस्पताल

सोलुखुम्बु, चैत्र ७/सामान्यतया अस्पतालहरु चिकित्सकको भरमा सञ्चालन भएका हुन्छन् । तर यस जिल्लाको फाप्लुस्थित सोलु अस्पताल भने चिकित्सकको भरमा नभई भगवान् भरोसामा सञ्चालन हु“दै आएको छ । त्यहा“ कार्यरत दुवै चिकित्सक लामो समयदेखि अस्पताल छाडेर हि“डेका छन् ।
डा. सुधीर सापकोटा गत फागुन १० गते तालिममा भाग लिन गएका छन् भने अस्पतालमा रहेकी अर्की चिकित्सक डा उदिता मिश्र पनि त्यसको पा“च दिनपछि तालिममा सहभागी हुन भन्दै अस्पताललाई चिकित्सकविहीन बनाएर हि“डेकी छिन् । जिल्लाको एकमात्र सो अस्पतालमा उपचार गराउन आउने जटिल रोगका बिरामीलाई चिकित्सकको अभावमा अन्यत्र पठाउनुपर्ने बाध्यता भएको छ । यस्तो अवस्थामा समयमै अन्य अस्पतालमा पुग्न नसक्दा कतिपय बिरामीको अकालमै ज्यानसमेत जाने गरेको छ ।
गत फागुनको तेस्रो साता काठमाडौ“ पठाइएका एक बिरामी खराब मौसमका कारण्ँ फाप्लु विमानस्थलमा तीनदिनसम्म कुरेर बस्दा पनि विमान नआएपछि उनले त्यही“ प्राण्ँ त्याग गरेका थिए भन्छन् सभासद् आङ्दावा शेर्पा । चिकित्सककै अभावमा सो अस्पतालमा उपचार गराइरहेकी सल्लेरी निवासी विभामाया विकको अवस्था जटिल बनेकाले अन्यत्र पठाउ“दा पनि आर्थिक अभावका कारण्ँ उनी अन्यत्र जाने अवस्थामा छैनन् । उच्च रक्तचापकी बिरामी उनी आङ्खनो घरको खाटबाट लडेपछि बोल्न पनि नसक्ने अवस्थामा छिन् ।
यहा“ रहेका अधिकांश बिरामीका आफन्त चिकित्सकको अभावबारे जिल्ला प्रशासनलगायतका निकायमा गुनासो गर्ने अवस्थामा छैनन् । आङ्खना बिरामी हेर्न आएका सल्लेरी–७ का कुमार तामाङ भन्छन्– ठूला डाक्डर छैन भन्छन् साना डाक्डरमात्र छन् रे खै के हुन्छ थाहा छैन ।
दुवै चिकित्सकले अस्पताल छाडेर गएपछि आफूहरुले १२–१२ घन्टासम्म काम गरेर बस्नुपरेको र Ôमताले भ्याएसम्मको सेवा पु¥याउ“दै आएको बताउ“छन् अनमी रामकुमारी राई । तीनजना चिकित्सकको दरबन्दी भएको १७ शैøयाको यस अस्पतालमा कार्यरत दुई चिकित्सक पनि नहु“दा आफूहरुमा कामको भार थपिएको, फार्मेसीको काम पनि आफै“ले हेर्नुपरेको र बिरामीको चाप बढेको बेलामा भुईंमै सुताएर पनि उपचार गर्नुपरेको उनको गुनासो छ ।
प्रसुति केन्द्र, परिवार नियोजन तथा मातृशिशु सेवा, सामुदायिक आ“खा सेवा, औÈधि भण्डार, ल्याब, एक्सरेजस्ता सुविधा भए पनि पर्याप्त मात्रमा जनशक्ति नभएको सो अस्पताललाई यस वर्Èको आवश्यक औÈधिसमेत उपलब्ध नहु“दा हिमालय ट्रष्टको सहयोगमा काम चलाउन परिरहेको र यस्ता समस्या निरन्तर हुने गरेको अनमी राईको भनाइ छ । वि.सं. २०३१ मा निर्माण्ँ गरिएको यस अस्पतालको भवन बाहिर हेर्दा राम्रो देखिए पनि जीणर््ँ भइसकेको र वर्Èाको समयमा पानी समेत चुहिने भएको छ ।
यस अस्पतालको दुरावस्थाका बारेमा जिल्लाको सर्वदलीय बैठकमा छलफल हु“दा र वीर अस्पताललाई समेत जानकारी गराउ“दा पनि कुनै सुनुवाइ नभएको अस्पतालका अन्य पदाधिकारीहरु बताउ“छन् । अस्पतालमा लामो सयमसम्म चिकित्सकको अभाव भएको बारेमा जिल्ला प्रशासन कार्यालयलाई जानकारी छैन भन्छन् निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण्ँप्रसाद पोखरेल ।

0 प्रतिकृया:

Post a Comment