लुघु व्यवसाय तालिम

चुलाचुली, चैत्र ७/स्थानीयवासीलाई लघु उद्यमतर्फ आकर्षीत गर्ने उद्येश्यले चुलाचुलीमा आयोजीत सात दिने लघु व्यवसाय सिर्जना तथा सचेतना तालिम सम्पन्न भएको छ ।
घरेलु तथा साना उद्योग विकास कार्यालय भक्तपुरको आयोजना तथा राष्टिूय वातावरण तथा स्वास्थ्य अध्ययन केन्द्रको सहयोगमा सो कार्यक्रम चुलाचुलीका चार स्थानमा सञ्चालन हुने जनाईएको छ ।
सोमबार वडा नम्बर–७ को सातपत्रेमा आयोजीत तालिम समापन समारोहमा स्थानीय पाथीभरा सहकारी संस्थाका व्यवस्थापक ओम ढकाल, स्थानीय अगुवा पीएन अधिकारी, गाविसका प्रतिनिधी तुलसा शिवा, प्रशिक्षकद्वय सरस्वती श्रेष्ठ तथा जय खवास लगायको आतिथ्यता रहेको थियो । तालिम तोपगाछीका ४ केन्द्रमा २५÷२५ जनालाई दिईने जनाईएको छ ।

0 प्रतिकृया:

Post a Comment