पशुपति सदनका लागि ७० लाख

दमक÷दमक-११ स्थित पशुपति मन्दिरमा पशुपति सेवा सदन निर्माणका लागि स्थानीबासीहरुले ७० लाख रुपैयाँ भन्दा बढी बजेट सहयोग गरेका छन् ।
बिभिन्न दाताहरुले प्रदान गरेको सहयोगका भरमा भवन निर्माण गरिएको भवन निर्माण समितिका अध्यक्ष नन्दी अधिकारीले बताए । उनका अनुसार भवन निर्माणका लागि दमक नगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराएको छ ।
७ तला निर्माणको दिर्घकालिन योजना बनाइएको भवनको हाल दुईतला निर्माण गरिएको छ । दानको बचन दिएका दाताहरुबाट २० लाख रुपैयाँ उठ्न बाँकी रहेकाले सो रकम समेत संकलन कार्य भइरहेको निर्माण समितिका सचिव राम थापाले बताए ।
२०६६ सालको जेठदेखि पशुपति सदन निर्माण प्रारम्भ गरिएको हो । सो सदनको लम्बाई ८३ फुट र चौडा ४७ फुट रहेको छ । २ वटै तलामा रहेका सभाकक्षमा बिवाह ब्रतवन्ध लगायतका कार्यक्रम र अन्य सभा समारोहहरु समेत गर्न सकिने जनाइएको छ । २०१९ सालदेखि कर्नेल सन्तबिर लामाले पशुपति मन्दिर लामा निजी गुठीको नाममा कायम गरेको सो क्षेत्रको जग्गामध्ये साढे ६ कठ्ठा जग्गा २०६५ सालमा स्वर्गीय सन्तबिरकी नातिनी बुहारी शान्ता लामाले पशुपति मन्दिरका नाममा हस्तान्तरण गरेकी हुन् ।
पशुपति मन्दिरमा १३ वर्ष अघिदेखि वर्षेनी शिवरात्रीको अवसर पारेर पुराण आयोजना गर्ने गरिएको छ । हिन्दू संस्कारमा महत्वपूर्ण मानिएका १८ पुराण लगाउने उद्देश्यले सुरु गरिएको सो अन्तर्गत हालसम्म १३ पुराण लगाइसकिएको र यस वर्ष समेत १४ औँ पुराण लाग्ने पुराण समितिका अध्यक्ष दिलबहादुर बस्नेतले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment