महायज्ञबाट १ करोड

उर्लाबारी/ मोरङ पथरी बहुमुखी क्याम्पसले श्रीमद् भागवत् ज्ञान महायज्ञबाट १ करोड २१ लख १७ हजार ८ सय ७५ रुपैयाँ आर्थिक संकलन गरेको छ ।
यस्तै ७ बिगाह १० धुर जग्गा पञ्चायत उच्च माविले पथरी बहुमखी क्याम्पसलाई हस्तान्तरण गरेको छ । ५० लाख रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गरी मुद्दती खातामा अक्षय कोष स्थापना गरिएको क्याम्पसका प्रमुख अर्जुन बुढाथोकीले जानकारी दिए । 
मोरङ  क्षेत्र नं २ का सभाषद् लालबहादुर सुस्लिङ मगरको  प्रमुख आतिथ्यमा सम्पन्न पुराणमा समापन कार्यक्रम पथरी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोहन तुम्वापोको अध्यक्षतामा भएको थियो । सो अवसरमा क्याम्पस सञ्चालक परिषद् सदस्यहरुको स्वागत तथा परिचयात्मक कार्यक्रम तथा पुराणमा विशेष सहयोग पु¥याए वापत १३ जना व्यक्तिहरु र ५ वटा संघ–संस्थालाई  तथा ५ जना विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
गत कार्तिक १४ देखि २२ सम्म श्रीमद् भागवत् ज्ञान महायज्ञ अक्षयकोष तथा स्नातकोत्तर तह सञ्चालन गरिएको थियो ।

0 प्रतिकृया:

Post a Comment