महोत्सव शुरु, पर्यटनमा लगानी गर्न आग्रह


दमक१५ माघ÷ उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छेदारले निजी क्षेत्रलाई पर्यटन प्रवद्र्धन र जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । पर्यटन प्रवद्र्धन र जलविद्युत उत्पादनको प्रशस्त सम्भावना भएर पनि राजनीतिक स्थायीत्व नहुँदा लगानी हुन नसकेको उनले बताए ।

दमकमा शानिबार आदिवासी जनजाति सांस्कृतिक महोत्सवको उद्घाटनका क्रममा उनले देशको राजनीतिक अस्थितरताका कारण आर्थिक समृद्धि नभएको बताएका छन् । अबको दशक आर्थिक समृद्धिको दशक हुने उनले बताए । देशको दीगो विकासका लागि आर्थिक समृद्धि आवश्यक रहेको बताउँदै उनले आर्थिक समृद्धिका लागि पर्यटन र जलविद्युत मुख्य आधार रहेको उल्लेख गरे । गर्दै उनले भने -ुराजनीतिक स्थितरता र सुरक्षाको बन्दोबस्ति सरकारले गर्छ निजी क्षेत्रले लगानी गर्नुहोस् ।ु
नेपालको बहुभाषा संस्कृति धर्म लगायतका विविधता पर्यटन प्रवद्र्धनका आधार भएको उल्लेख गर्दै यिनीहरुको प्रवद्र्धन र संरक्षणको जिम्मेवारी राज्यले लिने उनको भनाई थियो । आर्थिक विपन्नताकै कारण विभिन्न प्रकारका असन्तुष्टि जन्मिने र त्यसैले विद्रोहको रुप लिने उल्लेख गर्दै उप-प्रधान तथा गृहमन्त्री गच्छेदारले आर्थिक विपन्नताको अन्त्यका लागि प्राकृतिक सम्पन्नताको उपभोग गर्नु पर्ने बताए ।
महोत्वसको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन वोर्डका निमित्त कार्यकारी प्रमुख सुवास निरौलाले भाषा तथा संंस्कृतिको संरक्षण गरेर पनि पर्यटन प्रवद्र्धन गर्न सकिने बताएका थिए । उनले पर्यटन वर्ष-२०११ सम्पन्न भइसके पनि आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धनका लागि वोर्ड लागि परेको बताए ।
कार्यक्रममा दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले स्वागत मन्तव्य राख्दै महोत्सवले झापा तथा मोरङमा रहेका आदिवासी जनजातिहरुको पहिचान संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा महोत्सव आयोजक संस्था दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईले आमन्त्रित अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै तोपगाछी-लखनपुरमा पर्ने रतुवा-माई वृक्षारोपण आयोजनाको वन क्षेत्रमा सरकारले प्रस्ताव गरेको विशेष आर्थिक क्षेत्रलाई योजनागत रुपमा अघि बढाउन ध्यानाकर्षण गराएका थिए । त्यस्तै उनले दमक क्षेत्रका उद्योगी व्यवसायीहरुलाई लक्षित गरी बम र चन्दा आतङ्क निमूल पार्न गृह प्रशासनको विशेष भूमिका हुनु पर्नेमा जोड दिएका थिए ।
मूल आयोजक समितिका अध्यक्ष मोहन धिमालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो । महोत्सव उद्घाटन अघि आदिवासी जनजातिका विभिन्न संघसंस्थाका सहभागी र स्थानीय विद्यालयका विद्यार्थीहरु सम्मिलित र् यालीले नगर परिक्रमा गर्दै महोत्सव स्थल प्रवेश गरेको थियो । १३ दिन सम्म चल्ने महोत्सवमा विभिन्न व्यवसायिक तथा सांस्कृतिक गरी एकसय ओटा स्टल रहेका छन् ।

0 प्रतिकृया:

Post a Comment