दुर्घटनामा तिनको मृत्युकांग्रेस सभापति घाईते


२६ मंशिर
दमक÷पूर्वका बिभिन्न स्थानमा भएका दुर्घटनामा तिन जनाको मृत्यु भएको छ ।
मेची राजमार्ग अन्तर्गत ईलामको फिक्कलमा बसबाट खसेर घाईते भएका एक सहचालकको उपचारका क्रममा मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार ना।३ ख २६७० नम्वरको बसको ढोकाबाट खसेर गम्भीर घाइते धादिङ् घर भएका सहचालक धादिङग रिाजत अधिकारीको बिर्तामोड स्थित कन्काई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शनिबार बसबाट खस्दा उनी गम्भिर घाईते भएका थिए ।
यस्तै मोरङ्को शनिश्चरे स्थित भुटानी शरणार्थी शिविरका एक व्यक्तिको संखुवासभामा ढुङ्गाले किचेर मृत्यु भएको छ । नुम-४ स्थित उपस्वास्थ्य चौकी भवन निर्माणका क्रममा माथीबाट खसेको ढुङ्गाले लागेर २२ वर्षिय राममान राईकॊ घटना स्थलमानैं मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
यसै गरि ताप्लेजुङ्मा एक व्यक्ति मृत फेला परेका छन् । सुरुम्बिका ३५ वर्षिय बीरबहादुर तामाङ्लाई शनिबार स्थानीयबासीले खेवाङ् डाँडामा मृत फेला पारेका हुन् ।
यसै गरि धनुकटाका एक व्यक्तिले आफ्नै श्रीमतीलाई छुरा प्रहार गरेर गम्भिर घाईते बनाएकाछन् । तेलिया ८ बस्ने बÈ्र ३५ को राजकुमार तामाङले बÈ्र २८ वर्षिया श्रीमती सानुमाया तामाङ्लाई संबेदनशिल अंगमा छुरा प्रहार गरी गम्भिर घाईते बनाएको प्रहरीले जनाएको छ । घाईतेको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धराममा उपचार भईरहेको छ ।
यसै बिच नेपाली कांग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङ मोटरसाईकल दुर्घटनामा गम्भीर घाइते भएका छन् ।
किरात याक्थुङ चुम्लुङले फिदिम-९ लब्रेकुटीमा शुक्रबार आयोजना गरेको वनभोजमा सरिक भएर फकिँर्दै गर्दा उनी फिदिम नजिकै मुस्कान चोकमा आफैंले चलाएको मोटरसाईकलबाट लडेर राती साढे १० बजे दुर्घटनामा परेका थिए ।
अनुहार र टाउकोमा चोट लागेका केरुङलाई उपचारको लागि राती नै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ ।

0 प्रतिकृया:

Post a Comment