रहेनन् सम्पादक खत्

कारले साइकललाई ठक्कर दिंदा रुपन्देहीको सालझण्डीमा सोमबार एक पत्रकार सहित दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
कारमा सवार कारोबार दैनिकका समाचार सम्पादक ३५ वर्षे विजयबाबु खत्री र साइकल चालक सालझण्डी ४ का ४० वर्षे पुर्ण बहादुर थारुको मृत्यु भएको हो । काठमाडौंमा लामो समयदेखि पत्रकारिता पेसामा लागेका खत्री रुपन्देही करहीया गाविस ३ का स्थायी निवासी हुन् ।
थारुको उपचारकालागि ल्याउदै गर्दा बाटोमा र पत्रकार खत्रीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । पश्चिमबाट पुर्वतिर आउदै गरेको बा.७. च ५९२ नम्मरको कारले अपरान्ह ४ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत सालझण्डीमा साइकललाई ठक्कर दिएपछि बचाउन खोज्दा दुर्घटना भएको थियो । दुर्घटनामा परी लमजुड गाउंशहर ६ का २५ वर्षे लीला घिमीरे, काभ्रे देवपुरकी २३ वर्षे राधिका ढकाल र झापा सुरुड. २ का ३० वर्षे विआर आचार्य घाइते भएका छन् ।

0 प्रतिकृया:

Post a Comment