श्री कृष्ण न्यौपाने
कुनै बेला पाउ विसाउने भरपर्दो ठाउ नभेटेका भीम विरागले अन्ततः ललितपुरको पाटन अस्पतालमा सोमवार विहान आफ्नो जीवन विसाई दिएपछि संगीत अनुरागीले भन्न थालेका छन्– भीम दाई यस्तो भीम दाई उस्तो । यस्ता प्रतिक्रिया आजभोलि विभिन्न संचारमाध्यममा उनीस“ग संगत गरेकाहरु र निकट भएर काम गरेका हरुको सुन्न, पढ्न तथा हेर्न पाईन्छ । जतिबेला उनी स्वास प्रस्वासका कारण अस्वस्थ्य भएपछि काठमाण्डौंको प्रदुषणबाट हेटौडा झरेका थिए उनको सोधी खोजीसम्म नगरेकाहरु आज भोलि संचारमाध्यममा भीमदाईका बारेमा बोल्न लालयित भएका देखिन्छन् । सोमवार विहान ९ बजे ललितपुरको पाटन अस्पतालले जतिबेला उनलाई मृतक घोषणा गरेर शवगृहमा मृत शरिर राखिदिएको थियो , त्यसबेला उनको मृत्यु सुनेर दौडिने कोहि थिएनन् । थिए त उनकी छोरी आभा, ज्वाई जीवन श्रेष्ठ अनि केहि आफन्त र संगीतकर्मी आभाष मात्रै । उनीहरु अन्य शुभचिन्तको आगमन पर्खिरहेका देखिन्थे । नेपाली परम्परा नै भन्नु पर्छ जो कोहीलाई बाचुञ्जेल गुमनाम जस्तै पर्दापछाडि पारिन्छ अनि जब उसको मृत्युको खबर संचारित हुन्छ तब, उसका बखान गाएर नथाक्ने झुण्ड मिडियामा छाउन थाल्छ । सरोकारवालाको नियती पनि त्यस्तै छ यहा, मरेर गएपछि गरिने सम्मान यहा धेरै हुन्छन् । बाचुञ्जेल उपेक्षित हुनेहरु घाटमा पुगेपछि सम्मानित हुने क्रम विराग दाईमा पनि आईपुग्योे । हुन त असल मान्छे सधै उच्च भएर नै बाचेका हुन्छन् उनीहरुलाई मरेपछिको सम्मानको लोभ पनि हुदैन र त्यो देखावटी सम्मानको आवश्यक पनि छैन । उनीहरुलाई आवश्यक पनि हुदैन । जो अहिले भीम विरागप्रति सहनाभूती राख्नेहरुले प्रकट गरेका छन् । विसं १९९१ साल माघ १५ गते वीरगञ्जमा जन्मिएका भीमवहादुर महर्जन विदाई भएपनि विराग बनेर नेपाली साहित्य र संगीतमा सधै हामी सामु रहि रहने छन् यसमा कसैको विमती नै छैन । हरेक उनका गीत र पुस्तकमा उनी पुस्तौसम्म बाचिरहने छन् । महर्जनलाई साहित्यको लालसाले विरागमा बदलिदिएको थियो । जीवनलाई सहज मान्ने विरागका ७८ औं वसन्त सधै एकनास हुन पाएन । फुटवलरका रुपमा अघि बढ्न चाहन्थे विराग÷ कयौंपटक उनले प्रहार गरेका फुटवल सटले गोलपोस्टका जाली छेडेका थिए । फुटवल खेल्दा लागेको चोटलाई विरागले जीन्दगी भर सामना गर्नु परेको थियो । फुटवल टुर्नामेन्टका क्रममा लडेका विरागले जीवन भर कुप्रो शरिर लिएर बाच्नु प¥यो, शारिरिक सुन्दरता गुमाएकोमा उनले कहिले सानो मन पारेनन् नत सिकायत नै गरे कुप्रो र कुरुप भौतिक शरिरप्रति । तर लेखक तथा सिनेकर्मी ब्रजेश खनालले यस विषयमा ट्विटरमा लेखेका छन् – विरागलाई सिंगो आकास हेर्न नपाएकोमा भने निकै ठूलो खेद थियो रे । खनालका अनुसार विरागले आफ्नो कुप्रीएको शरीरका कारण ठाडो भएर उभिन नसकेकोमा उनले गरेको त्यो गुनासो गरेका हुन् रे । तर विरागले भनेका छन् – सुन्दरता दृष्टिमा नभई सृष्टिमा हुन्छ । विरागका यस्तै सुन्दर अभिव्यक्तिले उनको व्यक्तित्वलाई सदियौंसम्म फुल भन्दा सुन्दर बनाईदिएको छ कहिलै नओईलिने गरि । जो मरेर पनि नेपाली संगीतको क्षेत्रमा धु्रवतारा झै अटल भईरहने छन् सृष्टि र जगत रहूञ्जेलसम्म । वीरगञ्जबाट हेटौडा बसाई सरेका विराग हेटौडा काठमाण्डौ हुदै सिर्जनामा लागिरहे उनका बारेमा खोज्दै जादा मलाई एउटा प्रश्नले उनका बारेमा धेरै खोज्न बाध्य तुल्यायो । एउटा व्यक्तिको पहिचान कति होला ? कतिवटा क्षेत्रले समान्यत उसलाई चिनाएको हुनसक्छ ? समान्यतः एक, दुई या तीन ? नेपाली समाजले भीम विराग भनेर चिनेका महर्जनलाई नेपाली संगीत क्षेत्रले भीम विरागकारुपमा चिनाए पनि उनी त्यति मात्रै थिएनन् । उनी एउटा सफल पत्रकार, फुटवल खेलाडी, साहित्यकारका रुपमा पनि उत्तिकै परिचित छन् तर धेरैले उनलाई संगीत क्षेत्रका अग्रजकारुपमा मात्रै चिन्ने गरेका छन् । संसारमा कसैको पनि अजम्मरी देह हु“दैन जो विरागको पनि थिएन त्यसैले विरागको विदाई पनि प्रकृतीको सास्वत शत्य हो । चार वर्È पहिले आफ्नी जीवनसंगी अनुदेवीलाई गुमाएका विराग पछिल्लो समय छोरी आभा श्रेष्ठस“गै बस्दै आएका थिए । विसं २०१५ सालमा आफ्नै शब्द, संगीत र स्वरमा म एक्लै बा“चिदिन्छु भन्ने गीत रेकर्ड गरेर नेपाली संगीतको आकासमा उदाएका विरागका अन्य सयौ गीतहरुले यो क्षेत्रलाई समृद्ध र विशाल बनाइ दिएको छ । मधु Ôेत्रीको स्वरमा फूलै फूल मात्र पनि हैन रहेछ जीवन, नारायण गोपालको आवाजमा तिमीले पनि म जस्तै माया दिएर हेर , आज भोलि हरेक सा“झ मातिन थालेछ देखि पछिल्लो समय रेकर्ड भएको रामकृष्ण ढकालको शैलीमा समावेश नबोलाउ कसैलाई यहा“ रातिरातिसम्म आई पुग्दा उनका कालजयी गीत र गजलले धेरैका मनलाई छोएका छन् । विरागले गीत मात्रै लेखेनन् उनका साहित्यिक कृतिलाई यहा छुटाउनु उनी प्रति अन्याय हुने छ । उनका प्रकाशित कृतिहरुमा इन्द्रेणी , अतृप्त स्पर्श, तातो सुस्केरा, आठ टुक्रो बादल, अज्ञात प्रारम्भ, स्वर सम्राटकोे सम्झनालगायत छन् । उनका सयौं संगीत, स्वर र लेख हामीलाई छोडेर गएका विरागको अन्तिम ९ वटा गीत उपहारस्वरुप पाएका गायक ढकाल आफ्नो नया एल्बममा समावेश गरि ल्याउने सुरमा छन् । ढकाल भन्छन् उहाको नासो मलाई होईन सबै संगीत अनुरागीलाई हो जसलाई म चाडै बजारमा ल्याउने छु ।

0 प्रतिकृया:
Post a Comment