चन्द्रगढी/ पूर्वाञ्चल क्षेत्रीय प्रशासक कृष्णचन्द्र पौडेलले पूर्वका सीमा सम्बन्धी समस्या हल गर्न दुवै देशका अधिकारीहरु छिट्टै नै त्यस कार्यमा लाग्ने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार संचारकर्मीहरुसँग अन्तक्र्रिया कार्यक्रममा सहभागी प्रशासक पौडेलले दुवै देशको सीमा व्यस्थित गराउन उच्च अधिकारीहरुको टोली चाँडै खटिने बताए ।
उनले नेपालर र भारतका ५÷५ सदस्यीय सो टिमले सीमा सम्बन्धी समस्या हल गर्न अग्रसर हुने बताए । ‘नेपाली टोली तयारी छन्’–प्रशासक पौडेलले भने–‘यो असार भित्र पूर्व क्षेत्रका विवादित सीमा समस्या हटाइने छन् ।’ संचारकर्मीहरुको जिज्ञासामा प्रशासक पौडेलले पूर्वका शान्ति सुरक्षा कायम गराउन प्रशासन कहिल्यै नचुकेको दाबी गरे ।
सो अवसरमा झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रप्रसाद शर्माले जिल्ला भित्रका समस्या समाधानमा आफू क्रियाशील भएको जनाए । अन्तक्र्रियामा प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्साल लगायतको सहभागिता रहेको थियो ।

0 प्रतिकृया:
Post a Comment