आत्महत्याको घटना बढ्दै

दमक, ७ साउन/दमक आसपासका क्षेत्रमा आत्महत्याको घटना समस्याका रुपमा देखा परेको छ । प्रहरीको तथ्याङ्कमा पछिल्ला दुई वर्षमा आत्महत्याको घटना ठूलो संख्यामा बढ्दै गएको छ । इलाका प्रहरी कार्यालयका अनुसार गएको वर्ष २० महिला सहित ४२ जनाले विष तथा झुण्डिएर आत्महत्या गरेका छन् । गतवर्ष ०६७/०६८ मा समेत सोही संख्यामा आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा छ । त्यस्तै, २०६६/०६७ को वर्षमा भने १३ विष सेवन र २५ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । प्रहरीको अध्ययनमा बालकदेखि वृद्धवृद्धाहरू समेतले आत्महत्या गर्ने गरेका जनाएका छन् । ‘आत्महत्याका घटनालाई जनघनत्वको चाप, सामाजिक चालचलनले प्रभावित बनाएको छ’ प्रहरी निरीक्षक खतिवडाले भने –‘तर अकल्पनीय यस्ता जोखिम बढ्दो छ ।’

0 प्रतिकृया:

Post a Comment