सिद्धि नहर सिंचाई आयोजना सञ्चालनमा

भद्रपुुर । झापाको बाहुण्डाँगीलाई सिञ्चित गर्ने गरी निर्माण सुरु गरिएको बहुप्रतिक्षित सिचाइ आयोजनामा सिद्धि नहर सिचाइ आयोजना संञ्चालनमा आएको छ । इलामको दक्षिण पूर्वी गाविस जिर्मर्ले स्थित सिद्धिखोलाबाट पानीको मुहान रहेको सो नहर निर्माण सुरु भएको ९ वर्षपछि संञ्चालनमा आएको हो ।  वाहुण्डागी गाविसका अधिकांस वडा सिञ्चित गर्ने सिद्धि नहर सञ्चालनमा आएपछि कृषक हर्षित बनेका छन् । ५ वर्षमा निर्माण सम्पन्न हुने गरी २०६२ सालबाट निर्माण काम सुरु गरिएको भए तापनि भौगोलिक विकटताका कारण निर्माण समय लम्बिएको थियो । नेपाल सरकारको साना तथा मझौला सिञ्चाइ आयोजना अन्र्तगत निार्माण भएको योजनाले बाहुण्डागीको २६ सय हेक्टर जमिन सिञ्चित गर्ने उदेश्यले लिइएको छ । इलाम जिल्लाको जिर्मले गााबिसमा बाट झापाको बाहुण्डागी सम्म २२ किलोमिटर मुल र ५६ किलोमिटर शाखा रहेको नहरको निर्माण शुरु हुँदा विनियोजन भएको २५ करोड २१ लाख वजेटले सम्पन्न भएको कतिपय स्थानमा भू–स्खलनका कारण क्षती भएपछि निर्माण समय लम्बिएको पूर्वाञ्चल सिचाई डिभिजन न. १ झापाका प्रमुख– कुञ्जनभक्त श्रेष्ठले बताए । २५ करोड २१ लाख ४२ हजार ९ सय ६६ रुपैयाँ लागतमा बनाएको ५० प्रतिशत संरचना पहिरोले बगाएपछि पुन थप गरिएको २३ करोड ५४ लाख २० हजार रुपैया थप गरी जम्मा ४८ करोड ७५ लाख ६३ हजार रुपैयामा आयोजना निर्माण सम्पन्न भएको हो । 
वाहुण्डाँगीको वडा नम्बर ५ को केही भाग वाहेक सबै क्षेत्रमा पानी संञ्चालन भएको पूर्वाञ्चल सिचाइ विकास डिभिजन नम्बर १ झापाले जानकारी दिएको छ । नेपाल र भारतको सिमानामा रहेको सिद्धिखोलाबाट सिधै मेचीमा बगेर खेर जाने पानीलाई नहरको माध्यमबाट बाहुण्डागी ल्याईएको कामलाई सिञ्चित क्षेत्रका किसानले सकरात्मक रुपमा लिएका छन् । विकट क्षेत्रमा नहरको मुहान भएकाले स्थानीय कृषकले मात्रै रेखदेख गर्न नसक्ने अवस्था रहेको छ । जंगली हात्तीको आतंकले पीँडित बनेका वाहुण्डागीका अधिकांस कृषकहरुले नहरमा पानी आएपछि तरकारी र अन्य खालका हात्तीबाट बचाउन सकिने किसिमको खेती गर्ने बाटो खुलेको छ  ।

0 प्रतिकृया:

Post a Comment